जनप्रिय साहित्य चौतारी
Sunday, March 23, 2008
कथा
कविता कारखाना
जनप्रिय खनाल
कर्ुदाकर्ुर्दै थाकिसकें, अहँ पाएन । हो, राजु मैले पाएको छैन् । आज, भोलि, साँझ गर्दै कति दिन, हप्ता र महिना बितिसके । अब धन्दै नमान, म खबर गरिहाल्छु नि । बोलीमा कति मिठास छ, आत्मियता र आश्वासन पनि तर बुझ्न मात्र कठिन ।
राजु भन्छ-'के तिमी बाटो हेरेर दिन बिताउँछौ त -' म फिस्स हाँस्छु । हो, पर्खनु वाहेक मसँग विकल्प छैन् । अर्को व्यवस्था पनि त हुनुपर्यो । त्यस्तो खुला वातावरण नै कहाँ छ र -
आहोर-दोहोर गर्नेको अनुहार पढ्छु । फुङ्ग उडेको छ । ओठको लालीमा चहक छैन् । निधार खुम्चिएर चाउरी परेका रेखा झैं देखिन्छन् । भेटिनेसँग पनि कुनै भलाकुसारी छैन् । केवल हात उठाउने र झार्ने मात्रै । लाग्छ सबैको समस्या एउटै छ ।
सिधा बाटो अघि बढ्छु । त्रिवेणी पार गरेर उत्तरपट्टकिो गल्लीभित्र पस्छु । कोठा यत्ति धेरै चहकिलो पनि होइन । कुनामा झोक्राएर बसेकाहरुको लाइन । कोही कसैसँग बोलेका छैनन् । मसानघाटमा झैं सुनसान । शोक मनाइरहेका हुन् वा मौन ब्रत बसेका हुन् । मैले छुट्टाउन सकिन । एउटा छेउमा म पनि गएर उभिए । आफूलाई एउटा समूहभित्र एक्लै भएको ठाने ।
एकछिनपछि चारा छरेको देखें । 'हात्तीको मुखमा जिरा झैं' आहारा नै नपुग्ने चारा । म झस्कन्छु । के यत्ति नै हो त मेरो आहारा - मैले प्रतिपाद गर्दै भने । एउटा वयस्क तर बरिष्ठ लक्का जवान आयो । सबैभन्दा सानो भाग टप्प टिप्छ नबोलेरै हिड्छ । बचेराले उसको प्रतिक्षा गरिरहेका छन् रे -'कसैले मधुरो स्वरमा भन्छ । क्रमशः एकएक गर्दै सबै हराउँछन् । अहँ खुसी लिएर होइन । झनै गहु्रङ्गो भारी बोकेर झैं थकित अनुहार साथ गएको देखिन्छ । अधिकारविहीन कर्तव्यपथमा । मैले पूरानै प्रश्न दोहोर्याउँछु । उसले केवल नत्र....मात्र भन्छ ।
मलाई भन्न मन लाग्छ । के कर्मको कुनै प्रतिफल हुँदैन । गीताले र्'कर्म गर फलको आशा नगर' भने झैं हुने हो भने कर्तव्य पूरा गर्दा हुने सानो गल्तीमा गर्ज्रनको अचाक्ली किन हुन्छ - यो कस्तो नियति हो मरेर गर्दा पनि जश नपाउने । यो कस्तो न्याय हो, अन्यायभित्र रजाँइ । अरुको पीडामा कसैलाई खुसी ।
चारा छरेको बेला मलाई झर्ल्यास्स सम्झना हुन्छ-पशुपतिनाथको मन्दिरको बाटो अगाडि शिवरात्रीमा लामबद्ध रुपमा माग्न बसेकाहरुलाई ।' चिल्ला कारमा चढेर आउनेहरुले भिख बाड्छन् । मलाई यहाँ पनि त्यस्तै लाग्छ । फरक यति मात्र छ । कोही भिख बाँडेर सन्तुष्ट हुन्छन् । कोही सन्तुष्ट पारेर बाड्छन् । भिख बाँडेर पनि दान लिन चाहने अचम्मको प्रबृत्ति छ यहाँ । अरुलाई दिएर आफू सन्तुष्ट । दिएर अरु सन्तुष्ट भए भएनन कुनै वास्ता छैन् । भिख दिएर पनि ठूलो गुनको चर्चा गर्ने प्रबृत्ति । म निराश भएर फकन्छु पुनः पखाइमै ।
के पीडा सबैको एउटै हो । आफैंसँग प्रश्न सोध्छु । अहँ होइन, कतिले आफ्नो काम पहिले नै फत्ते गरिसकेको सुन्छु । कतिले पीडा दर्शाएर, कतिले चिल्लो घसेर । आफ्नै गजलको शेरको सम्झना आउँछ ः
'चिल्याउने र चिल्लो घस्नेमै छ जे छ
तोरी भित्रको तेलमा पो के छ'
र् कर्म गर, नगर मतलब छैन् । चिल्लो घस्न माहिर भए उच्च मूल्याङ्गन । ज्याला दिंदाको आधार नै त्यही । तिमी कामको बादशाह नभए के भो त - बातको बादशाह बनेर दिमाख भुट्न सक्छौ भने सफल नि । आफूलाई त्यस रुपमा उभ्याउन लाज लाग्छ । हुन त हो नी नाङ्गो हुने भन्दा हर्ेर्नेलाई लाज हुन्छ । त्यसरी लाज पचाउनेहरु त खुसी नै छन् । फेरि उनीहरुकै हालीमुहाली पनि त छ नि ।
एकछिनपछि सुन्छु-'आज आन्दोलन रे, पीडित संघको ।' माग पूरा नभए अनशन बस्ने । आन्दोलन पनि कस्ता-कस्ता हुन थाले भन्या । श्रीमान्ले श्रीमति कुटे चक्काजाम । सरकारलाई होस् वा कार्यालयमा दवाब दिन धर्ना, अनशन । म हाँसो लाग्छ आफ्नो अधिकार लिन पनि आन्दोलन । हुन त संस्कारै गलत बस्यो नि । दवाब र वाहाना नबनाउने हो भने मरे काम बन्दैन । नीतिबाट चलेको भए पो समाधानको बाटो सजिलो हुन्छ । सबैले सोझासाझालाई नै लुट्न चाहन्छन् । कसले कति लुट्छ भन्ने मात्र हो । केहीबेरमै आन्दोलन स्थगित भएको खबर पाउँछु । आँशिक माग पूरा भए रे ।
यसैबेला हस्याङ्गफस्याङ्ग गर्दै एउटा कवि आउँछ । म एकोहोरिएर टाढा हेरिरहेको हुन्छु । उसले मेरो एकाग्रतालाई भङ्ग गछ । 'माफ गर्नुहोला म तपाईसँग कुरा गर्न सक्छु'-उसले भन्यो । मैले सोधे किन कविता लेख्न - उसले मुसुमुसु हाँसेर आफ्नो उद्देश्य दर्शाउन स्वीकृतिको टाउको हल्लायो । सायद काम बन्छ भन्ने ठान्यो होला । मलाई झनक्क रिस उठेर आयो । 'के तिमी मेरो पीडा खोतरेर कविता लेख्छौं - म नरोकिएर लगातार बोल्छु-'ए कवि, त्रि्रो र मेरो जीवनमा के नै फरक छ - मेरो अभाव, पीडा र छटपटि झैं त्रि्रो पनि त त्यही हो । तिमी किन अरुका जीवन खोतलेर कविता लेख्छौ हँ - तिमी त आफैंमा कथा हौ । त्रि्रा हरेक दिनका कामका अध्यायहरु जोड्ने हो भने उपन्यास बन्छ । अरुको खेदो खन्न सक्नेले आफैं भूमरीमा परेको कविता किन लेख्न सक्दैनौ - तिमी कवि रहेनछौं । तबलाको तालमा नाच्ने नर्तकी मात्र हौं । तिमी आफैंमा संगीत भएर पनि अरुले बजाएर मात्र बज्छौं । तिमी आफै कवि र कविता हौं । तिमी सक्दैनौ भने त्रि्रो कविता अरुलाई लेख्न देऊ । होइन भने अरुको पीडा र दर्दमा नूनचुक लगाएर किन आफ्नो ब्यवसाय नचलाउ । रिस उठ्छ भनिदिन्छु-'नालायक कवि, नालायक कविता कारखाना ।' ऊ जवाफ नदिएरै र्फकन्छ । म कल्पना गर्छु । उसले आफ्नै कविता लेख्छ भनेर तर ऊ अरुकै कविता लेख्न दौडन्छ ।
त्यसपछि म गुनगुनाउँछु । यो त कविता कारखाना हो । यहाँ त वरिष्ठ-वरिष्ठ कवि छन् । सबै कविता नलेखेर मौन बसिरहेका छन् । उनीहरु आफ्नो कविता कोर्छन् न कानुनले दिएको अधिकार नै प्रयोग गर्छन् । यत्तिकैमा एक जना आएर प्याच्च भन्छ-'अधिकार लिन प्रमाण हुनुपर्यो नि प्रमाण । सबै निरिह छन् । यी सबै बलिका बोका हुन् । हा... हा... हा... । ऊ यत्ति भनेर जान्छ । म आफैंसँग सोध्छु-'तेरो प्रमाण खोइ - मौखिक सहमति र सम्झौता कानुनी आधार हुँदैन । रोजगारी पाएर सबै मख्ख परेका होलान । न दिनेले दिन चाहृयो न लिनेले दवाब दियो श्रमजीवि सबै कर्तव्यका पूजारी ।
महिनौं भयो लाइनमा बसेको । आउने जानेको क्रम त चलिरहेको छ । तर आफ्नो कहिल्यै आएन । फेरि त्यही कुनामा गएर हर्ेर्छर्ुु घोरिएकाहरुको ताँती, कसैको अस्वभाविक व्यस्तता । पुनः र्फकन्छु कार्यकक्षमा ।
दर्ुइ-तीन महिनापछि राजु आउँदा मलाई पूरानै अवस्थामा टोलाइरहेको देख्छ । ऊ ब्यङ्ग गर्दै जिस्काउँछ-'के त्रि्रो आउने भनेको अझैं आएन ।' मेरो गला अवरुद्ध भएर आवाज निस्कँदैन । उसले पुनः सोध्छ-'दर्ुइ-तीन महिनासम्म पनि नआउने के हो नि -' मेरो मुखबाट अप्रत्यासित रुपमा कुरा भुँइमा खस्छ-'श्रमको मूल्य ।' ऊ हाँस्दै भन्छ-'काम गरेको पारिश्रमिक हो । त्यो पनि पर्खेर पाइन्छ । मागेर पो लिनर्ुपर्छ ।' तिमी पर्खदै गर ।' उसको अन्तिम वाक्यले मलाई वाण हाने झैं हुन्छ । असहृय भए पछि फेरि त्यही कुनामा जान्छु । ताँती उस्तै छ, अवस्था उही, सामुहिक मौनता । म राजुले भनेको त्यहि अन्तिम वाक्य सम्झेर तत्काल एउटा वाहाना झिक्छु । थोरै चारा पाएर र्फकन्छु । मनमनै दङ्ग पर्छर्ुुआफू पनि सफल कलाकार भएकोमा । होइन, होइन, मभन्दा ऊ नै सफल कलाकार । जो हरदिन झुटको खेती गरेर सबैलाई भुलाइरहेको छ । मनमनै झुटो बोलेकोमा आफूलाई धिर्क्काछु र धिर्काछु आफूले काम गर्ने कविता कारखानालाई ।

0 Comments:
Post a Comment
<< Home