जनप्रिय साहित्य चौतारी

Sunday, March 23, 2008

अनुभव/अनुभूति

एघार बर्षको बसाइँ
र नयाँ गन्तब्य

२०५३ सालमा म बर्दियाबाट नेपालगञ्ज आउँदा एउटा मात्र लक्ष्य थियो, उच्च शिक्षा हासिल गर्ने । पढ्न आउनु भन्दा अगाडि म २ पटक मात्र नेपालगञ्जमा आएको थियो । मेरा लागि ठाउँ र परिवेश सबै नयाँ थियो । मलाई ठाउँसँग कुनै प्रवाह थिएन । केवल एउटा लक्ष्य थियो-'आमाबुबाको सपना साकार पार्ने ।' परिस्थितिवस मैले नेपालगञ्ज शहरमा ११ बर्षबिताए । मेरो लागि एक दशक बढिको यो बसाइँ उपलब्धीपर्ूण्ा नै बन्यो । मैले आमाबुबाको सपनामा कुठाराघात गरिन ।
आज मेरो राजधानी प्रवेश पनि ठीक त्यस्तै भएको छ । शैक्षिक भ्रमण, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र एभिन्यूज टेलिभिजनसँगको सम्बन्धका क्रममा २/४ पटक उपत्यकामा आइयो । ती बसाइँले राजधानीसँग पर्ूण्ा परिचित बनाउन नसकिरहेके बेला एउटा अर्को लक्ष्य बोकेर म विरानो ठाउँमा प्रवेश गरेको छु । बाँके पुग्दा म नौलो थिए, राजधानीमा पनि उही हो । फरक यति मात्र छ-'म नेपालगञ्ज शिक्षा हासिल गर्न मात्र भनेर पुगेको थिए । काठमाण्डौमा काम र पर्ढाई दुबै । त्यहाँ परिवेश बुझेर जागिरमा लागेको थिए । यहाँ दुबैलाई सँगसँगै चिन्दैछु ।' चुनौती छ, सामना गर्ने अदम्य साहास पनि संगालेको छु ।
एक दशक भन्दा बढि समय नेपालगञ्जमा बिताउँदा मलाई ठाउँ छोडेर अन्त जानुपर्ला भन्ने रत्तिभर लागेको थिएन । मध्यपश्चिमलाई पत्रकारिताको कर्म क्षेत्र बनाउनर्ुपर्छ भन्ने मानसिकतामा पुगेको थिए । तर, एकरात अचानक मैले नेपालगञ्ज छोड्ने योजना बनाए । मेरो यो निर्ण्र्ााकठोर पनि हो । मैले धेरै अवसरहरुलाई तिरस्कार गरिरहेको छु जस्तो पनि लाग्यो । तर पनि पर्ढाईलाई महत्वपर्ूण्ा ठाने । साथी तुला, जनक, दिनेश, सरोज लगायतसँग गफैगफमा नयाँ योजनाका बारेमा सुनाएँ । साथीहरुको हौसलाले मलाई अगाडि बढ्न प्रेरित गर्‍यो । योजनालाई मर्ूत रुप दिन मैले नेपालगञ्ज छोड्ने मानसिकता बनाए । बिए पास गरेको चार बर्षछि पुनः पर्ढाईलाई निरन्तरता दिने सोच आयो । जुन कुरा मेरो परिवारबाट पनि सहजै अनुमोदित भयो । भनिन्छ-'जहाँ इच्छा, त्यहाँ उपाय ।' यतिखेर म आफ्नो लक्ष्यलाई पूरा गर्न एउटा अर्कै खालको संर्घष्ाको तयारीमा छु । मलाई थाहा छ, राजधानी बसाइँ नेपालगञ्ज जस्तो सहज हुनेछैन् । तर पनि असहजताभित्र सहजता खोज्ने प्रयत्न गर्नेछु ।
नेपालगञ्ज छोड्ने अघिल्लो दिनसम्म मलाई कुनै अप्ठारो लागेको थिएन, चामल सकिंदा सधैं घर गए झैं । कोठाबाट समानहरु सार्दा केही असहजिलो त भयो । त्यसलाई सामान्य नै माने । बसेको शहर छोडी सामान बोकेर नयाँ ठाउँको गन्तब्यले मन गह्रुगो भयो । आफूलाई निकै थकित महसुस गरे, केही बिराए जस्तो, केही गुमाए जस्तो अनि अभावै अभावकोबीचमा यात्रा गरिरहे जस्तो लाग्यो । बसपार्कमा मलाई भेट गर्न पुगेका साथी जनक नेपाल र वेदप्रकाश तिमिल्सैनासँग अंगालो मार्दा मलाई भक्कानो छोडेर रुन मन लाग्यो । छुट्टंिदा उनीहरुको अनुहार समेत हर्ेन सकेन । बसमा बस्दा अनायासै आँखाबाट आसुँ खस्न पुगे । त्यही क्रममा मैले मोबाइलबाट धेरै साथी र अग्र्रजहरुलाई आफूले नेपालगञ्ज छोड्न लागेको खबर पठाए । साथीहरुले पठाएका जवाफहरुले मलाई झन भाव विहृवल बनायो । मैले बाँकेमा बसाइँको क्रममा नेपालगञ्जसँग यस्तो साइनो जोडिएको रहेछु कि नचाहेर पनि रुन बाध्य बनायो । मन कठोर बनाउन खोज्दा आँसुलाई रोक्न सकेन । यात्राभरी नेपालगञ्ज बसाइँका दिनहरु सम्भिm रहे । अभावमा बाँचेका, संर्घष्ा गरेका अनि यस्तै दुःखसुखका क्षणहरु ।
अहिले म दर्ुइ बर्षमात्र काठमाण्डौं बस्छु भनेर आएको छु । साथीभाइलाई पनि यही वचन दिएको छु । पत्तै नपाई नेपालगञ्जमा ११ बर्षबिते झैं राजधानीमा कति समय बिताउने हो, थाहा छैन् । कति साथीसँग विछोडिएको छु, अब कतिसँग मिलन होला, अझ कतिसँग पर्ुनमिलन भएको छ । यो त जीवन चक्रको नियम नै हो । जो जहाँ भए पनि हाम्रो सम्बन्ध गाढा रहिरहोस् । टाढिनु पर्दा पीडा अवश्य हुन्छ । तर, एक पटक गाँसिएको सम्बन्ध तोड्न त्यत्ति सहज हुदैन । त्यसैले मलाई र्सार्थक लाग्छ-'धान कुटी चामल चामल कुटी पिठो नजिकको माया भन्दा टाढाको सम्झना मीठो ।' साथी मैले अन्धकारमा नेपालगञ्ज छोडेको छु । उज्यालो लिएर र्फकनेछु, प्रतिक्षा गरेर बस्नु ल ।
posted by Shankar Khanal at 12:31 AM

1 Comments:

nikkai ramro lekhchhau yar timi. khai yaso hamilai pai sikauna lekhne tarika.

Guess Who

July 21, 2009 at 1:58 AM  

Post a Comment

<< Home