जनप्रिय साहित्य चौतारी
Tuesday, May 27, 2008
डायरी
जेठको पहिलो साता रिर्पोटिङ्गको क्रममा रोल्पामा गएको थिए । दाङको घोराहीमा टिकट काटेर म बसमा चढे । विहानको सवा सात बजेको थियो । बस चल्न शुरु भयो । म कोचिएर बसभित्र पसें । सिट कतै खाली थिएन । ग्यालरी चामल र नुनका बोराले भरिएको थियो । रोल्पाको तीला पुगेर साँझ जसरी भए पनि इरिवाङ्ग गाविसको केवरी पुग्ने मेरो लक्ष्य थियो । बस भित्रभन्दा छतमा बढी यात्रु थिए । मेरो यात्रा कहिले चामल त कहिले नुनको बोरामा बसेर भइरहेको थियो । माओवादीले जनयुद्ध कालमा बनाएको शहीद मार्गमा गाडी गुडिरहेको थियो । बसका यात्रीहरुको लोड क्षमताभन्दा धेरै बढी थियो । त्यसैमा चामल र नुनको दोब्बर बढी भार पनि । यात्रुवाहकभन्दा पनि बस मालवाहक भएको थियो । उकालो आउँदा ठाउँ-ठाउँमा यात्री आरालिन्थे । कति ठाउँमा गाडीलाई धकेल्नु पथ्र्यो । मलाई दर्ुघटनाको डर थियो । पौने २ बजे तीला नपुग्दै गाडी अकालो चढ्न सकेन । गाडीको पट्टा भाँचिएछ । त्यसपछि सबै यात्रीहरु हिड्न बाध्य भए ।
रोल्पा ओहोरदोहोर गर्नेहरुको लागि यसरी यात्रा गर्नु बाध्यता नै छ । मान्छे बोक्नका लागि इजाजत पाएका गाडीहरु रातारात धनी हुने सपना संगालेर मालवाहक गाडी झैं सामान ओसारेर यात्रुहरुलाई सास्ती दिइरहेका छन् । यो सरासर कानुन विपरित काम हो । गैरकानुनी काम गर्ने यहाँका गाडीहरुलाई कसले कारबाही गर्ने - जहाँ ट्राफिक प्रहरी नै छैनन् । बाटोमा भएका प्रहरी चौकीका प्रहरीहरु रमिते बनेर यो दृष्य हेरिरहेका हुन्छन् । यस्ता गाडीलाई कारबाही गरेर राज्यको राजस्व बढ्थ्यो तर यसो हुन सकेको छैन् । यदाकदा जरिवाना गर्दा पनि राज्य कोष बढ्नेभन्दा पनि ट्राफिक प्रहरी मोटाउने काम मात्र भइरहेको छ । यस्ता कार्यले बस व्यवसायीहरु डराउनेभन्दा पनि झन हौसिएर बढी यात्रु र सामान ओसारिरहेका छन् ।
जसले जसरी यात्रु ओसारे पनि, यातायात भनेको सेवा नै हो । यसलाई बजारमा समान किने झैं बनाउनु हुँदैन । क्षमता अनुसारको यात्रु ओसार्ने हो भने गाडी पनि लामो समयसम्म टिकाउ हुन सक्छ । त्यस्ता गाडी निर्धारित समयमा गन्तब्यमा पुगेर यात्रुहरुको विश्वास जित्न सक्छन् । सेवामुलक व्यवसाय भएकाले यात्रुले अड्कलेको समय र पैसामा निर्धारित गन्तब्यमा सुरक्षित रुपमा यात्रा गराउने जिम्मेवारी व्यवसायीहरुले लिनर्ैपर्छ । उनीहरुले यस कुरासँग खेलवाड गर्नु पाउँदैनन् । राज्यका निकायले पनि यात्रीहरुको ज्यान जोखिममा परिरहेको टुलुटुलु हेरेर कर्तव्य पूरा हुँदैन । यसतर्फसमयमै ध्यान दिन जरुरी छ ।
