जनप्रिय साहित्य चौतारी
Friday, January 21, 2011
म पत्रकार
आफ्नो भोक तिर्खा बिर्सने म
चौथो अंकको गर्वले फुकेको तर
भित्रभित्रै ग्याष्टिकले सुकेको ख्याउटे
म पत्रकार
हुने खानेकै सधैं गुण्ागान बर्साउने
शब्दका बुलेटले भष्ट्राचारी तर्साउने म
आफ्ना लागि त
लौरो न हतियार
म पत्रकार
नाम चलाउन बाँचेको
आकासवेलीको भm्याङ्ग भmैं म
साहारा र सहानुभूति बिनाको
कुहिरोको काग
म पत्रकार
जान्दा जान्दै लुटिएको
दिनदहाडै कुटिएको म
अरुको पीडा, तीललार्इ पहाड बनाउने
जिउँदो भएर लास भmैं
म पत्रकार

0 Comments:
Post a Comment
<< Home