जनप्रिय साहित्य चौतारी

Friday, April 24, 2009

नियात्रा

धुलो, धुँवा र पानीमा रुझ्दै नयाँ बर्ष


प्राथमिक तहसम्म पढ्दा हामी विभिन्न रङ्गका साइनपेन किन्थ्यौं । आफैंले चित्र कोरेर साथीलाई नयाँ बर्षो शुभकामना दिन्थ्यौं । म भने सधैं गमलामा फूलेको बोटसहितको फूल बनाउँथे । त्यो बाहेक मलाई अरु फूल बनाउने अभ्यास नै भएन । यो क्रम माध्यामिक तहसम्म रहर्‍यो । पछि पोष्टकार्डको चलन आयो । मन परेको नायक नायिकाको पोष्टकार्ड एक महिनाअघिदेखि नै किनिन्थ्यो । मेरो मनपर्नेे कलाकार भारतीय नायीका दिब्या भारती थिइन । नयाँ बर्षा साथीले दिएका कार्डको घरमा चाँङ्ग नै लाग्थ्यो । कति भित्तामा टाँगिन्थ्यौ । उच्च शिक्षा हासिल गर्न २०५३ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याक्पसमा भर्ना भए । त्यसबेला ग्रेटिङ्ग कार्ड बाँडियो । कार्ड महंगो पर्ने भएकाले मन मिल्ने साथीलाई मात्र दिइन्थ्यो । कम्प्यूटर सिकेर इन्टरनेट चलाउन जानेपछि नयाँ बर्षो शुभकामना इमेलबाटै दिन थालियो । जब मोबाइल सेवा उपलब्ध भयो । त्यसपछि एसएमएसबाट नै शुभकामना आदान-प्रदान हुन थाल्यो । इमेल र मोबाइलबाट शुभकामना दिने क्रम त जारी नै छ । २०६६ सालको नयाँ बर्षभने कलेजका सहपाठीहरुसँग यात्राको रुपमा यसरी अविष्मरणीय घटनाको रुपमा मनाइयो ः

काठमाडौको प्रदुषणबाट वाक्क लागेर हामी केही साथी शहर बाहिर जान चाहिरहेका थियौं । एक दिन म कम्प्यूटरमा फोटोको फोल्डर हर्ेर्दै थिए गत बर्षकाफल खाएको याद आयो । काडमाडौंको कान्तिपुर सिटी कलेजमा आमसञ्चार तथा पत्रकारितामा मसँगै स्नातकोत्तर तह तेश्रो सेमेष्टरमा पढ्ने साथीहरुलाई काफल खान कतै जाँउ है भने. । प्रस्ताव सहजै स्वीकृत भयो । कसैले दक्षिणकाली त कसैले ककनी जाउँ भने । झण्डै दर्ुइ हप्तासम्म पनि काफल खाने साइत जर्ुर्नै सकेन । यही क्रममा नयाँ बर्षआयो । राजधानी बाहिर गएर नयाँ बर्षमनाउने हाम्रो योजना बन्यो, चैत्र ३१ गते । भोलिपल्ट कलेजमा ७ बजे उपस्थित भएर जाने निधो भयो । हामी १४ जना तर मोटरसाइकल भने पाँच वटा मात्रै । हुनत दर्ुइ वटा स्कुटर पनि थियो । टाढाको यात्रामा स्कुटर नलैजाने निधो भए पनि अरु विकल्प नहुँदा बचन नै तोडियो । प्रति ब्यक्ति चार-चार सय रुपैयाँ उठायौं, कोषबाट सबै खर्च एकद्वार प्रणालीबाट गर्ने गरी । को-कसको मोटरसाइकलमा चढ्ने भनेर एक, दर्ुइ, तीन गन्दै चिट्टा हालेर साथी छान्यौं । जुन रमाइलोको शुरुवात थियो ।

विहानको लगभग साढे आठ बजेको हुदो हो क्यार हामीले यात्रा थाल्दा । पौने नौ बजे टियू गेटमा पुगेर मोटरसाइकलमा दर्ुइ-दर्ुइ सयको पेट्रोल हालेर अघि बढ्यौंं । चोभारको डाँडा नजिक पुगेर केही बेर सामुहिक फोटो खिच्यौं । त्यसपछि शुरु भयो हाम्रो मोटरसाइकल यात्रा । नयाँ बर्षा दक्षिणकाली माइको दर्शन गर्न जानेको घुँइचोले फर्पिङ्ग नपुग्दै बाटो निकै जाम थियो । वेगले गाडी चल्दा धुलो त उडाउथ्यो नै । गाडीले फाल्ने प्रदुषणयुक्त धुँवा पनि उस्तै । दक्षिणकालीमा दर्शनार्थीको लाइन शिवरात्रीमा पशुपतिनाथकोभन्दा कम्ती थिएन ।


दक्षिणकालीदेखि केही परसम्मको बाटो त पक्की नै थियो । त्यसपछि शुरु भयो कच्ची भर्खर बन्दै गरेको बाटोको पालो । छैमले नपुग्दै बाटोमा धुलोको कुहिरीमण्डल शुरु भयो । त्यहाँ पुग्दा सायद ११ बजेको थियो क्यार । सबैलाई भोक लागिसकेको थियो । साथी किरण आचार्य र साजन सुबेदी अघिगए वा पछि कसैलाई थाहा भएन । मोबाइल सर्म्पर्क हुन पनि नेर्टवर्कको समस्या । निकैबेरपछि बल्लतल्ल र्सर्म्पक भयो । उनीहरु त दक्षिणकाली मन्दिर पो पसेका रहेछन् । चाँडै आउन भनेर हामी छैमले बजारतिर लाग्यौं । सबैभन्दा अगाडि किशोर जी -थुलुङ्ग) र म थियौं । मैले दर्ुइ वटा बिष्कुट किनेर ल्याए । किशोरजीले पmुटी । हामीले खाएर नसक्दै अरु साथी आईपुगिहाले, खाना खानुपर्ने बेलामा नास्ता खाने भयौ । साथी मणि कर्माचार्यले 'हृयाभी डाइट' भन्दै अण्डा र पmुटी अर्डर गरे । कसैकसैले चिया पनि खाए । सोनु केसी, म, महेश आचार्यले भैंसीको प्युउर -ताजा) भन्दै दूध खायौं । गीता न्यौपाने र आरती लोहोरुङ्गले चाउचाउ खोले । साजन र किरणले पोलेर ल्याएका पाँच वटा मकै पनि बाँडेरै खाँयौं । यसरी खाँदा परिवारमै बसेर खाएको आभाष भयो । पेट अघाए पनि नअघाए पनि साँच्चै सन्तुलित आहार बनेको थियो त्यो खुवाइ ।

नढाँटेर भन्ने हो भने छैमले नपुग्दासम्म हामी कहाँ जादैछौं भन्ने मलाई थाहा थिएन । हाम्रो यात्रा कुलेखानी जलबिद्युत आयोजनातिर रहेछ । छैमलेबाट पनि अझैं १७ किलोमिटर पश्चिम । केही परसम्म त सडक ठीकै थियो । त्यसपछि शुरु भयो धुले कच्ची सडकको कहानी । पहाडको बाटो भए पनि धुलौटे । धुलोको थुप्रो यतिसम्म थियो कि थ्याच्च जुत्ताले टेक्दा चारैतिर छरिन्थ्यो । काठमाडौंमा प्रदुषणसँगै धेरै फलफूल र तरकारीहरु रसायनयुक्त हुन्छ । ताजा र स्वच्छ पाउन गाह्रो भएकाले होला सायद यात्राका क्रममा उडेको धुलोलाई साथीहरुले स्वच्छ समेत भन्न भ्याए । धुलो यति बाक्लो उड्थ्यो थियो कि बाटो कता छ भन्नेसम्म थाहा हुँदैनथ्यो । अगाडि गएको मोटरसाइकलको साथीलाई पनि देख्न सकिंदैनथ्यो । धुलोले बाटो नदेख्दा झण्डै भीरबाट खस्ने अवस्था पनि आउँथ्यो भन्थे चालक साथीहरु । त्यतिबेला मैले नेपालगञ्जमा लाग्ने बाक्लो शीत लहर सम्झन्थे । त्यस बेलाको दृष्यले मोटरसाइकलमा हाम्रो अगाडि कुदिरहेका साथीलाई आकासमा उडिरहेको हेलिकोप्टर एकाएक सेतो बादलको घुम्टोमा हराएको जस्तै देख्थ्यौ । हाम्रो अनुहार धुलोले ढाकिएर चिन्न नसक्ने खाल थियो । साथीहरुले त पर्ुखाकै ठाउँमा पुग्यौं भनेर बाँदर जस्तै देखिएकोमा समेत ठट्टा गरे । बाटो साह्रै ओरालो मोडको त कुरै नगरौ । त्यसलाई बाटो भन्ने कि भीर, छुट्टाउन गाह्रो थियो हामीलाई । खसे कहाँ पुगिने हो पत्तो थिएन । एकदमै होसियारी साथ मोटरसाइकल चलाउनु पथ्र्यो रे चालक साथीहरु भन्थे । त्यही बाटोमा हेटौंडाका लागि यात्रुवाहक टाटा सुमो गाडी चल्दोरहेछ धुलोमा छोपिदै ।

स्कुटरमा भएकाले पछाडि परिन्छ भनेर हामी दर्ुइ जना -म र किशोर) सबैभन्दा अगाडि थियौं । पहाड फेंदीको सानो बजारमा पुग्दा नयाँ बर्षो कार्यक्रम हुँदै थियो । कार्यक्रमका सञ्चालकको बेढंङ्गको प्रस्तुती, बेतुक ब्याख्या, सुनेर छक्क पर्‍यौ । एकैछिन पछि स्वागत गीतमा दर्ुइ युवतीले पुष्पबृष्टि गर्दै नाचेको देखेर हामीले केही मनोरञ्जन लियौं । मैले केही तस्वीर पनि खिंचे । तर पनि साथीहरु आइपुगेनन् । किन ढिलो भयो भनेर हामी दुवैले अड्कल काट्दै थियौ । करिब १५ मिनेट पछि गीता न्यौपानको स्कुटर लिएर टिकानाथ खनाल झुल्किए । पछिपछि मनोज आचार्य मोटरसाइकलमा गीता र विजया दाहाललाई राखेर आइपुगें । बाटोमा साथी गीता र विजया चढेको स्कुटर दर्ुघटना परेको खबर सुनाएं । गीतालाई अलि वेसी चोट लागेको रहेछ । त्यत्तिबेला हिड्न नै गाह्रो भएको थियो । विजयाको अवस्था भने अलि सामान्य नै थियो । भरे औषधि गर्ने भनेर फेरि गन्तव्यतिर नै लाग्यौं । त्यो बजारबाट पनि कुलेखानी त झण्डै ८ किलोमिटर टाढा पो रहेछ । हामीले बाटो किनारमै भेटिएको ऐसेलु झ्याङ्गैबाट टिपेर खाँयौं । त्यसपछिको हाम्रो यात्रा खोलाको बगरैबगरबाट भयो । ठाउँ-ठाउँमा पानी बगेको खोलामा मोटरसाइकल कुदाउनु पथ्र्यो । पछाडि बसेका साथी र्झनुपथ्र्यो । आरती -किरणको बेस्टपmेण्ड), मणि र मेरो काम भने मोटरसाइकलले खोला तर्दाको दृष्य क्यामरामा कैद गर्ने हुन्थ्यो । एक बजेतिर हामी कुलेखानी पुग्यौं । त्यहाँको वातावरण अत्यन्तै रमाइलो रहेछ । ड्यूटीमा बसेका नेपाली सेनाका जवानले निर्देशन दिए-'मोटर साइकल अगाडि नलैजाने, ड्यामको डिलमा बसेर नहर्ेने र फोटो नखिच्ने ।' यति टाढा आएर पनि फोटो खिच्न नपाउँदा मन खिन्न भयो । तर जो कोहिले पनि नियमको पालना त गर्नेपथ्र्यो ।

ड्याम माथिबाट पर्ूवतिर फर्केर हर्ेदा दर्ुइतिर हरियो पहाडहरु कुम जोडेर बिश्राम गरिरहे जस्तो र बिचमा निलो ठूलो पोखरीकोे पानीलाई नियाल्दा लाग्थ्यो कि साच्चै शान्तिको रंग निलो नै रहेछ किनकि पोखरी शान्त थियो । आकाससंगै सेता बादलका थुङ्गा स्वतन्त्रतापर्ूवक स्वाभिमानी हरियो पहाडको शिरमा सिउरीएको देख्न पाएको भए शुभ साइत पथ्र्यो होला तर त्यसबेला आकास कालो धमिलो बादलले ढाकेर नेपालको भाग्यमाथि नै कुसाइत पार्न खोजे जस्तो आभास हुन्थ्यो । हामीले देखेको नयाँ नेपालको सपना यस्तो होस जहाँ सबै सुखि र खुशी हुन भन्ने कामना गर्दै एक आपसमा खुशी साट्यौ ।

नेपालको सबैभन्दा ठूलो इन्द्र सरोवर त कुलेखानीको त्यहि निलो पोखरी पो रहेछ । जलाशयमा पानीको मात्रा घट्को भन्दै विद्युत प्राधिकरणले दैनिक १६ घण्टे लोड सेडिङ्ग गरिरहेको थियो । वास्तवमा इन्द्र सरोवरमा पानीको सतह त घटेकै रहेछ । साथीहरु भन्दै थिए-'पानी नै रहेनछ त विजुली कसरी आओस् -'

हामीले ड्यामभन्दा केही पर पुगेर मात्र फोटो खिच्ने अनुमति पायौं । विभिन्न पोजमा फोटो खिचियो । धेरैबेरको थकाई पनि मेटिएको अनुभव भयो । आएको बाटोे हुदै र्फकनलाई स्कुटरबाट सम्भव थिएन । त्यसैले सजिलोको लागि हेटौंडाहुँदै काठमाडौं र्फकने लामो यात्रा तय गर्नुपर्ने बाध्यता आइलाग्यो । हतारका कारण कुलेखानीका स्वादिला माछासमेत खान पाइएन ।

जंगलको बाटो उकालो भए पनि पक्की चाँहि थियो । हामी हेटौंडाको बाटोतिर लाग्यौं । पानीका बाछिटाले हान्दै थियो । सिमसिमे पानीमा किशोरजी र मैले गीतको भाखा शुरु गर्‍यौं 'सिमसिमे पानीमा ज्यानले बेमान गर्दैन जिन्दगानीमा ।' गीत मकवानपुरको भैंसे पुग्दासम्म जारी रर्‍हयो । पानीको छिटा बढ्दै बढ्दै अमलाको दाना जत्रो बन्दै थियोे । इतिहासमा पढेको भीमफेंदी नजिकको मकवानपुर गढी दरवारको जिर्ण्र्ाावस्था प्रष्ट झल्कन्थ्यो । देशमा संघीयताको वहस चलिरहेको बेला ऐतिहासिक दरवारको संरक्षण नभएको देख्दा अब बन्ने संघीय राज्यको अवशेष पनि हाम्रा भावी सन्तानले यसरी नै देख्ने हुन् कि भनेर पीर लाग्यो ।

भैंसेमा हामीले केहीबेर थकाइ मार्‍यौ । थकाईले हेटौंडाको लामो बाटोलाई छोडेर छोटो बाटो र्फकने कुरामा सहमत भयौं । खाजाको रुपमा केरा र पmुटी खायौं । ढिलो हने डरले पाकिसकेको चिया पनि छोडेर सीमभञ्ज्याङ्गतर्फो उकालो यात्रा तय गर्‍यौं । त्यसपछि शुरु भयो बेमौसमी वषर्ा । गोलि जस्तै बर्सिए पानीका बुलेट । मोटरसाइकल चढेका साथीहरु सबै अगाडि गएसकेका थिए । सबैभन्दापछि टिका र राजेन्द्र चापागाई चढेको स्कुटर थियो । म र किशोरको स्कुटरमा उनीहरु भन्दा अगाडि थियो । टिकाले चलाएको -गीताको) स्कुटरमा पेट्रोल सकिन लागेकाले मेरा गुरुजी -किशोर) ले उनीहरु अगाडि पठाएर हामी पछिपछि लाग्यौं । जति उकालो बढ्दै गयो त्यति नै बषर्ाको बेग बढ्दै गयो । टिकाले मोबाइल र पर्स भिज्ला भनेर निकाल्न खोज्दै गर्दा स्कुटर पल्टियो । राजेन्द्र एकतिर, टिका र स्कुटर अर्कोतिर । हामीले उठाउन मद्दत गर्‍यौं । केहीबेर अघि मात्रै 'यात्रा निकै झकास भयो तर गीताहरु दर्ुघटना भएर अलि बोर भयो' भन्ने राजेन्दे्र खुट्टामा चोट लागेर खोच्याउदै हिड्न थाल्यो । यस्तो अवस्थामा पनि पानीमा रुझ्दै सीमभञ्ज्याङ्ग पुग्नुको विकल्प थिएन ।

केही घण्टाअघिको शरिरको धुलो सबै पानीले पखाल्यो । लुगा पनि सबै भिज्यो । अङ्ग-अङ्गमा पानी र जाडो पस्यो । वनमा लागेको डढेलो पानीले निभाएर धुँवा आउँदै थियो । त्यही धुँवाहुँदै बाटो काट्दा अलिकति भए पनि न्यायो भएको महसुस गथ्यौर्ं हामी । बाटोको डिलमा ठूला बोटमा साना-साना लाली गुँरास फुलेका देखिन्थे । घर पुग्ने हतारले टिप्ने फर्ुसद त कसैलाई भएन तर त्यो दृष्यले मन प्रफुल्ल थियो ।

सीम भञ्ज्याङ्ग पुग्दा ६ बजिसकेको थियो । सबै पानीले निथुक्कै भिजिसकेका थियौं । जाँडोले हातमा काँडा उम्रेका थिए । बैशाखको महिना भए पनि हामी हतार-हतार आगो ताप्न थाल्यौ । शुरुमा साजन, म, विजया र किशोर मात्र थियौं । महेश आचार्य र किरणपछि थपिए । आगो ताप्दा पाइन्टबाट बाफ आउँथ्यो । चिसोले कठ्याङ्गएिको साथी आउँदा हामी आगो ताप्ने ठाउँ दिन्थ्यौं । त्यतिबेला साथीको सहृदयीपन प्रष्टसँग झल्कन्थ्यो ।

घाइते गीताका लागि जडिबुटी खोज्न टिकाजी बारीतिर गए । अहँ तितेपाती.भेटिएन । कसैले उन्यूले सेक्दा पनि राम्रो हुन्छ भने । टिकाजीले क्षणभरमै खै कहाँबाट हो ल्याएर आए । त्यतिबेला हामीलाई बैद्य पनि साथैमा ल्याएको जस्तो आभाष भाथ्यो । सीम भञ्ज्याङ्गमा पनि खाना खाने कुरा भएन । चिया, मासुचिउरा, आलु र केराउको तातो तरकारी, र चिसो सेल सेकेेर खायौं । काठमाडौंतर्फप्रस्थान गर्दा सात बजिसकेको थियो । सीम भञ्ज्याङ्ग त धेरै अग्लो ठाउँ पो रैछ, उचाइ २४८८ मिटर । त्यसपछिको हाम्रो गन्तब्य दामन हुदैअघि बढ्यो । दामनको परिचय काठमाडौंबाट हिउँमा खेल्न जाने ठाउँ हो । हामी पुगेको बेला हिउँ पर्ने सिजन परेनछ । हाम्रा लागि झिसमिसे साँझमा दामन केवल बाटो मात्र भयो । अर्को पटक आउँला नि भनेर हामी एकछिन पनि नरुकी बाइक कुदाएर भाग्यौं ।

हाफ भेष्ट त्यो पनि निथुक्कै भिजेकोले जाडोले मेरो शरीर थरथरी काँपिरहेको थियो । भन्दा लाज लाग्छ, सुन्नेले नपत्याउन पनि सक्छन् । बाटोमा धुलोबाट जोगिन लगाएको मास्कले नै जाडोमा न्यानोको काम गर्‍यो । निकै जोसले गाएका गीतले पनि जाडो भगाउँथ्यो । बाटोभरी म, किशोर राजेन्द्र, किरण, साजन, अनिश बज्राचार्य, गीता, मनोज गीत गाउँदै हिड्यौं । कुनै-कुनै बेला मणि कर्माचार्यको पनि गीतमा साथ हुन्थ्यो । बीच-बीचमा साथीहरुको गीतमा फर्माइस हुन्थ्यो । कहिले पप, कहिले लोकगीत त कहिले आधुनिक । हामीले गीत नगाउँदा साथी सोनु केसीले, शंकरजी तपाईलाई जाडो लागेर गीत नगाउनु भएको हो भनेर झक्झकाएको कुरा म कहिल्यै बिर्सन्न ।

घाइते साथी राजेन्द्रले सुगम पोखरेलको 'फेरि त्यो दिन सम्झन चाहन्न' बोलको गीतलाई प्यारोडी बनाएर 'फेरि यो दिन सम्झन चाहन्न । कुलेखानी घुम्न आउन्न' ले उसको पीडाबोध हुथ्यो । त्यसपछि हामीले नारायणगोपाल गर्ुवाचार्यको 'यति धेरै माया दिइ मन भरी दुःख नदेऊ' गीतको प्यारोडी बनायौ -'यति धेरै साथी ल्याइ । स्कुटरमा यति टाढा घुम्न नआउ ।' गीत गाउँदा गाउँदै हामी कतिखेर पालुङ्ग पुग्यौं पत्तै भएन । त्यहाँ हामीले गीता र राजेन्द्रको खुट्टामा ब्याण्डेज बाँध्ने र औषधि लगाउने कार्य गर्‍यौ । दर्ुइ लिटर पेट्रोल किनेर हामी लाग्यौं, नौबिसतिर । नौवीसे पुग्दा साढे दश बजिसकेको थियो । त्यहाँ हामी दश जनाले खाना खायौं । साजन र सोनुले चिया र चिउरा मात्र खाए । विजया र महेशजी सीम भञ्ज्याङ्गबाटै छुट्टसिकेका थिए ।

साजनले हामीले खाना खाइरहको फोटो खिच्यो । फोटो खिच्दै उसले कम्ती 'चुस्की' लिएन । घाइते गीताले आफ्नो चोट बिर्सदैं यात्राको रमाइलो ब्यक्त गरेको क्षण बिर्सन नसक्ने खालको छ । 'के को चम्को हो ब्रो -, आज त डल्लै रमाइलो भो नि' नौवीसेमा खाना खाँदै गरेकी गीताले अत्यन्तै खुसी भाव प्रकट गर्दै भनेको कुरा मगजमा अझैं पनि खेलिरहन्छ । हिड्नको लागि साथीको सहारा खोज्ने गीताका यी वाक्यले मैले पनि चिसोको पीडा बिर्सर्ेेे थिए । नौबिसेमा हामीले कोषबाट बचेको पैसाबाट ६ वटा मोट्साइकलमा सय-सय रुपैंयाँको पेट्रोल हालेर थानकोटको उकालो ताक्यौं ।

कलंकी पुग्दा साढे एघार बजेको थियो । टिकाजी गीतालाई पुर्‍याउन स्कुटर चलाएर ललितपुरतिर लागे, अनिश आरतीलाई बाइकमा राखेर स्वयंभूस्थित अनुपा श्रेष्ठको घर हिडे । साजन, म, किशोर, राजेन्द्र र किरण पाँच जना भयौं । दर्ुइ वटा बाइकमा नअटाउने भएपछि मणि, मनोज र सोनु हामीलाई पुर्‍याउन कालिकास्थानसम्म आए । त्यतिबेला पौने १२ बजिसकेको थियो । मनोजले मोटरसाइकलको मिटर हेरेर २२३ किलो मिटरको यात्रा पूरा भएको रहेछ भनेर सुनाए । पानीले रुझेका सबैको कपडा बाटोमा नै सुकिसकेका थियो । साथीहरुसँग शुभकामना साँटासाँट गरेर हामी मध्यराती छुट्टयिौं । म पनि घट्टेकुलोस्थित किरण/किशोर दुतावास-२ मा नै सुत्न गए । कोठामा पुग्दा १२ बजेको थियो । भोलि विसञ्चो नहोस् भनेर हामी तीनै जनाले सिटामोल खायौं । कुरा गर्दागर्दै किरण त निदायो । किशोर र म पनि केहीबेर यात्राको समीक्षा गर्दै विहान अबेर उठ्ने भनेर सुत्यौं । हामी पनि चाँडै निंदायौं ।

अर्को दिन बिहानै राजेन्द्रलाई फोन गरेर चाँडै उपचार गर्न सुझाव दिए । विजयाको मोबाइल स्वीच अफ थियो । गीताको मोबाइल नम्बर मसँग नभएकाले दिउँसो मात्र सर्म्पर्क भयो । दर्ुघटनाबाट खुट्टा फ्याक्चर भएको रहेछ । भर्खरै अस्पतालबाट ब्याण्डेज गरेर आएँ भन्ने गीताको वाक्यले मलाई अत्यन्तै दुःखी बनायो । सहानुभूति प्रकट गर्दै स्वास्थ्यको ख्याल गर ल भनेर फोन राखे । त्यो साँझ म सिनामंगलमा गल्फ खेलको रिर्पोटिङ्ग गर्न जाने कार्यक्रम थियो । मन गहु्रगो भएर आयो । कतै जान पनि मन लागेन । अर्को दिन कलेजमा पढ्न आएको राजेन्द्रको खुट्टामा पनि ब्याण्डेज थियो तर खुट्टा फ्याक्चर भएर होइन कि घुँडाको लिगामेन्टमा समस्या भएर । साथी घाइते भएको पीडा भए पनि हामीले नयाँ बर्षरमाएर मनायौ । त्यो दिन त अब चाहेर पनि फेरि दोहोर्‍याउन सकिन्न होला, बिर्सन त सकिन्न नै - 'हैन ब्रो -' 'होत्त नि ब्री ।'

बगनाहा-५, बर्दिया
हाल ः पुतली सडक काठमाडौं
posted by Shankar Khanal at 6:44 AM

8 Comments:

This comment has been removed by the author.

April 27, 2009 at 2:23 AM  

The trip was really memorable and unforgettable as well. This is the true example of our unmatched unity and incomparable closeness among 7th batch. I SALUTE all of our dear friends for making a trip such a wonderful specially Geeta and Rajendra.

- Mani

April 27, 2009 at 2:25 AM  

Jan Priya Sahitya Chautarika Sathi Sankhar Khanal ji ko Niyatra sahrai ramro ani attahas yatra lagyo. Kulekhani ko Machha khan na paunu bhayeko ma dukha lagyo. Sayed open secret jastai Janakpurko macha ta hudaina thiyo hola ni ki kaso?? Kathale hoina Sarirale mage pachi khanu parthiyo ni sathi !!!! Afsocha lagyo macha khan na paunu bhayeko ma.
Aba ko yatrma motorcycle bat hoina motor gadi bat jane sallah didai Kulekhani ko macha khan paunus bhanne subekcha didai Chadai katai arko yatra sasmaran sunna padhana pau. Have a nice & Safe Journey again.

Ramesh

April 27, 2009 at 3:45 AM  

सम्झनाहरु जती पुरानो उती मिठो हुन्छ । शायद कपाल सेतै भएपछी त्यो दिन झन रमाइलो लाग्ने होला । युबा अवस्थाको सम्झनाहरु कालेजमा बिताइएको क्षणहरु सबै हाम्रो जिन्दगिको इन्द्रेनीको रङ्हरु हुन । त्यसैले त जिन्दगी रमाइलो छ । सबै लाई आउदो दिनको शुभकामना
Cheers!!

April 27, 2009 at 3:49 AM  

Shankar ji
It’s very wonderful & adventurous journey.
kasko comment delate gareko ni, Comment ma ta naramra kura lai po linu parchha ni yar!!!! Kasaile CHADDI KATAI word le parhar gare jasto chha ni !!!!!
Keep it up again with full safety measurements!!!
Tek

April 27, 2009 at 4:06 AM  

कमेन्टका लागि साथीहरुलाई धन्यवाद । मानिसको जीवन भनेकै यात्रा हो । घुम्नु, डुल्नु, र नयाँ-नयाँ साथीहरुसँगहरु भेटनु जीवन चक्रको एउटा अंश हो । हाम्रो नयाँ बर्षो यात्रा पनि यही चक्रको एउटा फन्को हो । यात्रा त धेरै गर्न बाँकी छ हैन र

शंकर खनाल 'जनप्रिय'

April 29, 2009 at 5:15 AM  

Shanker jee, malai yaslai angreji ma anubaad garnu man lagyo.k ijajat chha?

May 5, 2009 at 4:47 AM  

Shanker jee,

yo Niyatra jati patak padhyo tyati patak naya comment lekhna man lagne rahechh. Yo ta addiction nai hune ho ki kaso. Bastabmai tapaiko lekhai ko prastutikaran umda , abbal darjako chha. Lekhna nachhadnu hola, shubhakamana chha.

May 6, 2009 at 12:31 AM  

Post a Comment

<< Home