जनप्रिय साहित्य चौतारी

Wednesday, August 13, 2008

दलालवाद जिन्दावाद

राजधानीमा आफैं घर, पसल बेच्न वा किन्न परे ग्राहक खोजेर सम्भव हुदैन । तपाईलाई निकै हम्मेहम्मे पर्छ । जति भौतारिए पनि भने जस्तो मोल पाइदैन । समानको महत्व बताउँदा-बताउँदा झण्झट नै लाग्न थाल्छ । अन्त्यमा वाक्य भएर लागतभन्दा पनि कम पैंसामा बेच्नु पर्छ । तर अक्कलले काम गरे अब त्यस्तो जमाना रहेन । र्सप पनि मर्ने लठ्ठी पनि नभाँचिने जुक्ति पनि हुँदोरहेछ । घर-पसल बनाउने काम तपाईको, बेच्नु परे दलाललाई जिम्मा दिनुस् । न ग्राहक खोज्ने झण्झट न चिन्ता नै गर्नुपर्ने ।
मैले राजधानी आउँनुअघि कोठाको व्यवस्था गरेन । खोज्दा-खोज्दा झण्डै महिना दिन नै बित्यो । चिने जानेका सबै साथीलाई गुहारे । भएन भनेर आफै पनि खटिए । अहँ भने जस्तो पाएन । अन्तमा पुतलीसडकमा सानो कोठालाई महंगो भाडा तिरेर बस्न बाध्य भए । कोठा खोज्ने सजिलो उपाय थाहा नहुँदा काठमाडौंमा म जस्ता धेरैले दुःख पाउने रहेछन् । आफै कोठा खोज्दा अपरिचित भनेर विश्वासको संकट हुँदो रहेछ । फेरि खोज्दा-खोज्दै कुनै गल्लीमा हराउने पीर पनि । कोठा नपाएको र खोज्दाको पीडा संगाल्नभन्दा जुक्ति त अपनाउनै पर्ने रहेछ । रोल्पाका साथी किरण आचार्य र धरानका किशोर र्राईसँग पनि यसरी भौतारिनुको पीडा खुबै मजाको छ । उनीहरु त एक हुलै भएर खोज्न जान्थे । कोठा हराएको हो र भेटाउनु । यो त खोजमूलक समाचार जस्तो रहेछ । सर्म्पर्क सुत्र फेला पार्न नसकेपछि समाचार नै अपूरो भए झैंं । काठमाडौमा कहाँ कस्तो कोठा चाहियो । कोठा खोज्नुभन्दा पहिले दलालको खोजी गर्नुस्, टण्टै साफ । आफू गाडीमा समान लिएर गए मात्र भयो । सबै कुरा दलालले पहिले नै सबै भनिसकेको हुन्छ ।
यस्तो कुराको चाल मैले भान्जा शोभाकान्त सिग्देल -केशव लामिछानेको भान्जा) बाट सिके । कुन ठाउँमा कस्तो कोठा खाली छ - त्यो सबै कुरा दलालले बताइदिन्छ । मात्र उसलाई कमिशन दिए पुग्छ । एउटा कोठा देखाएको ३० रुपियाँ, कोठा मन परेर बस्न चाहेमा दर्ुइ सय, दर्ुइ कोठामा बसे पाँच सय र फल्याटमा बसेमा एक हजार तिर्नुपर्छ । घरवेटीलाई मासिक कति दिने हो त्योसँग कुनै सरोकार नै हुँदैन । त्यसमा अर्को सम्झौता गर्नुस् । यो त कोठा देखाएको रेट मात्र हो । यस्ता दलालले कोठामा बस्ने र कोठा भाडामा दिने दुबैबाट कमिशन लिने गरेका हुन्छन् । राजधानीमा यो व्यवसाय पनि राम्रै फस्टाएको छ । कोठा खोजेर नपाउनेहरुलाई यसले राहात दिएको छैन् त -
मैले आजभन्दा तीन बर्षअघि नेपाल टेलिभिजनको एउटा टेलिसिरियलमा हेरेको थिए-' एक जना अदालतको सानो तहको कर्मचारीले वादी र प्रतिवादी दुबैलाई मुद्दा जिताइदिन्छु भनेर एक-एक लाख रुपैयाँ लिएको हुन्छ । दुबैलाई हारेमा पैंसा फिर्ता गर्छु भनेर उसले वचन पनि दिन्छ । उसले मुद्दा जिताउन पहल नगरेरै एउटाले जित्छ । होर्नेको पैंसा उसले इमान्दारिताका साथ फिर्ता गरिदिन्छ । तर मेहनत नै नगरेर एक लाख खान्छ । यो त केवल मानिसलाई वेबकुफ बनाउने काम मात्र हो ।
आजका मान्छेमा मानवतालाई लोभ र मोहले जितेको छ । रुपैयाँ पैंसाको पछाडि दौडेर मान्छे नै दानव भएको छ । ऊ कम मेहेनतमा धेरै पैंसा कमाउने चाहना गर्छ । कतिले हतियार बोकेर गैह्रकानुनी बाटो समाउँछन्, कतिलाई अरुको बुद्धि भुटेर रातारात धनी बन्न खोज्ने होडवाजी छ र कति अनियमितता गर्छन् । यस्तैमा दलाली पनि पर्न आउँछ । क्रेता र बिक्रेताकोबीचमा बसेर दलालले आफूलाई फाइदा हुने काम मात्र गर्छ । यो सरासर मानवताविरुद्ध हो । बिराएकाहरुलाई बाटो देखाउनु र अप्ठारोमा परेका ब्यक्तिलाई सहयोग गर्नु नै मानव धर्म हो । समस्यामा परेको ब्यक्तिबाट नै लाभ लिएर आफ्नो ब्यापार बढाउने दलालवादलाई तपाई हामी जस्ता पीडितहरुले अब त जिन्दावाद भन्नर्ैपर्छ होइन त -
posted by Shankar Khanal at 9:50 PM 0 comments