जनप्रिय साहित्य चौतारी

Friday, January 21, 2011

म पत्रकार

जनतालार्इ सूचनाको हक दिलाउन
आफ्‍नो भोक तिर्खा बिर्सने म
चौथो अंकको गर्वले फुकेको तर
भित्रभित्रै ग्याष्टिकले सुकेको ख्याउटे
म पत्रकार

हुने खानेकै सधैं गुण्ागान बर्साउने
शब्दका बुलेटले भष्ट्राचारी तर्साउने म
आफ्‍ना लागि त
लौरो न हतियार
म पत्रकार

नाम चलाउन बाँचेको
आकासवेलीको भm्‍याङ्ग भmैं म
साहारा र सहानुभूति बिनाको
कुहिरोको काग
म पत्रकार

जान्दा जान्दै लुटिएको
दिनदहाडै कुटिएको म
अरुको पीडा, तीललार्इ पहाड बनाउने
जिउँदो भएर लास भmैं
म पत्रकार
posted by Shankar Khanal at 7:51 AM 0 comments