जनप्रिय साहित्य चौतारी

Tuesday, April 8, 2008

कथा

मीस कल

जनप्रिय खनाल


'किन आज मोबाइलको स्वीच अफ - मध्यरातमा फोन गरेर मलाई दम्काउँछे' अशोक भन्छ । न मैले उसलाई मन पराएको हुँ न त अहिलेसम्म 'आइ लभ यू' नै भनेको छु तर किन उसले पछ्याइरहन्छे - निराश भएर उसले वाक्य टुग्याँउछ ।
मलाई अशोक प्रति दया जागेर आउँछ । घर छोडेर काठमाण्डौ पढ्न आएको युवा-युवतीको क्रियाकलापबाट हैरान परिरहेको दखेर । म वार्तालाप अगाडि बढाउँछु ।
कसरी भयो चिनजान -
म उसको गाउँ गएको थिए । आउँदा सँगै परियो । परिचय पनि भयो । अरु त केही भएको थिएन । त्यसपछि खै किन हो उसले मलाई फोन गरिरहन्छे ।
तपाई फोन गर्नुहुन्न त -
उसको प्रश्नको जवाफ मात्र दिन्छु । त्यति साह्रै गर्दैन । फोन गर्नुस न भनि 'एसएमएस' गरेर अति नै गर्छर्ेे त्यस्तो बेला अफिसमा हुँदा कहिले काँही फोन गर्छर्ुु
के-के कुरा हुन्छन् -
ऊ सधैं मलाईलाई भेट्न चाहन्छु भन्छे । म तपाईकै अफिसमा आउँछु रे - कतिसम्म भन्न भ्याएकी - मलाई लाज र डर लाग्छ । धेरै पटक मैले फर्काइ सके । उसको चाहना अझैं अधुरो छ ।
अशोक पढे लेखेको लक्का जवान । ऊ सकेसम्म युवतीको मायामोहमा पर्न चाहन्न । उसलाई कसैसँग लभसव गर्नु छैन । भएको जागिरमा तलब कम भयो रे । राम्रो जागिर पाएमा सिफ्ट हुन चाहन्छ ।
'खाना खानु भो - मलाई अलिकति राखिदिनु । म तपाईकै नजिक छु । किताब र्‍याकको पछाडि फर्केर हर्ेर्नुस त - म राती, अँ म तपाई कहाँ राती भने बस्दैन । मलाई परपुरुषसँग सुत्दा निन्द्रा लाग्दैन ।'
यसको आशय के हुन्छ - अशोक अर्कीले पठाएको एसएमएस पढेर सुनाउँछ । यसले त झन खाना खाए नखाएकै चिन्ता गर्छर्ेे अधिकाँश एसएमएस रातीमा आएका छन् ।
एउटी अर्की छे । आइएमा सँगै पढेकी । म ऊसँग भने अलि बढि जिस्कन्छु । तिमी मेरोअशोक रहेनौ - उसले के ठानेकी होली - के हरेक मनपर्ने मान्छेलाई आफ्नो बनाउन सकिन्छ - के हाम्रो यस्तो मित्रता बिवाहमा परिणत हुनसक्छ - किन कुरा नबुझेकी - आखिर के सोचेकी हो उसले - कि स्पष्ट भन्न सक्नु पर्‍यो नि ।
एउटी मात्र हो र, तीन-तीन वटी युवती उसको सर्म्पर्कमा छन् । तीनै जना अशोकका शुभचिन्तक । उसका अभिभावकले भन्दा बढि चासो र चिन्ता गरेका हुन्छ्न् । तीनै जना मेरा प्रेमिका होइनन् न श्रीमती नै हुन सक्छन् । तर सबैले हैरान पारेका छन् । मैले एसएमएस र फोनमा लगानी कत्ति पनि गरेको छैन । उनीहरु नै गर्छन् । जागिरै नगरेका युवतीहरुले पनि कति खर्च गर्न सकेका हुन् - किन म जस्तो सोझो मान्छेका पछाडि युवतीहरु झुम्मिएका होलान -
अरुले प्रेमिकाको कुरा गर्दा अशोक गर्व गरेर तिनीहरुलाई प्रेमिकाकै दर्जामा राख्न तम्तयार हुन्छ । सायद, यो उसको बाध्यता हो । साझो भनेर झट्ट कसैले विश्वास गर्दैनन् । ऊ मोबाइलबाट एसएमएस पढेर आफ्नो कुराको पुष्ट्याइँ गर्छ ।
हामीले कुरा गरिरहेकै बेला उसको मोबाइलमा मीस कल आउँछ । कसको हो - म जिस्किएर सोध्छु । उसको मुखबाट अनायासै जवाफ आउँछु-भक्तपुरवालीको । यसलाई मीस कलको जवाफ मीस कल मात्र गरे पुग्छ ।
म सोच्छु-कसैलाई नभेटेर खाना नपच्ने, कतिलाई फोन गर्नैपर्ने । यो कस्तो जमाना आयो - अब त उपस्थिति जनाउन पनि मीस कल गरे पुग्ने । श्रीमतीले श्रीमान्लाई अफिसबाट चाँडो घर आएन सम्झाउन मीस कल, अफिसमा कर्मचारी आएन हाकिमको मीस कल, कमचारीलाई विदा चाहियो मीस कल । फोनमा लाग्ने पैसा वचत गर्नेदेखि दुरुपयोग गर्नसम्म मीस कल ।
म भक्तपुर जाँदा दर्ुइ जना युवतीले कुरा गरेको सम्झन्छु-'हेरन उसले मीस कल गर्दा पनि फोन गरेन' कालो रङ्गको पाइन्ट र कालै रङ्गको स्वीटर लगाएकी गहुँगोरो वर्ण्र्ाा, अग्ली, आधुनिक जस्ती देखिने युवती भन्छे ।
अलि होची कलसरी अर्कीले भन्छे-'मेरो त मीस कल गर्ने बित्तिकै फोन गर्छ । उसले नगरे म फोन गरेर हपार्छर्ुुनि सरी भन्दै फोन गरिहाल्छ नि । मैले तिमीलाई भन्नै भ्याएकी छैन । उसले मलाई हिजो त्रि्रो लागि आकासको तारा पनि झारीदिन्छु । तिमी जे भन्छौं सबै गर्न तयार छु । विचारा, कति दया लाग्दो छ ।' दुबै हास्छन् ।
कुरा गर्दै गर्दा त्यहि मरिहत्ते गर्ने केटाको फोन आउँछ । युवतीले साथीलाई देखाउँछे । दुबै फेरि हाँस्छन् । कस्तो मर्ूख नाम लिने बित्तिकै फोन गरिहाल्यो । अर्कीले भन्छे-मर्ुख होइन, अन्तरयामी भन । त्यसको आयु त लामो रैछ । तँ भाग्यमानी हुन्छेस् । के को भाग्यमानी र साग्यमानी नि - दर्ुइ दिनको रमाइलोमा । दुबै खित्का छोडेर हास्छन् । बसका यात्रुहरुको ध्यान पनि उनीहरुतिरै केन्दीत हुन्छ ।
अशोक अलि फरक स्वभावको छ । ऊ कसैलाई रुवाएर रमाइलो गर्न चाहन्न । केहीहरुले मरिहत्ते गरे पनि ऊ उनीहरुको भविष्य बिगार्न चाहन्न । उसले केटीलाई साथी पनि नबनाउने रे - कहिले काँही त तीन वटी मध्ये एउटीसँग बद्मासी गरेर अनुभव सँगाल्नर्ुपर्छ कि सम्म भन्छ तर उसको त्यत्रो हिम्मत कहाँबाट आउँथ्यो ।
बिना अनुभव नै मरिन्छ क्यारे - उसलाई चिन्ता छ । ऊ कति सोझो भने एक जना साथीले उसका लागि बन्दोवस्त गरिदिने रे । शिक्षित भएर पनि उसमा हिनता छ-'मलाई कसले छोरी देला - ऊ नामर्द जस्तो कुरा पनि गर्छ । अशोक मसँग निकै जिज्ञासु भएर सोध्छ-'तपाईको प्रेम अनुभव सुनाउँनुस् न -' ऊ अरुबाट पाठ सिकेर आफ्नो व्यवहारमा उर्तान चाहँदो हो ।
हामी खाना खाइरहेका हुन्छौं । त्यत्तिकैमा तेश्रीको फोन आउँछ । 'देख्नु भो कति माया गर्छर्ेेभन्दै ऊ फोन उठाउँछ । दर्ुइ गासमात्र खाएको हुन्छ । हतार-हतार हात धोएर पीसीओमा फोन गर्न जान तयार हुन्छ । 'कहाँ जान लागेको -' उसलाई मरो हेल्प चाहियो रे । फोन गर्नुपर्ने भयो । म खाना खाएर जान आग्रह गर्छर्ुु उसले हतार-हतार खाना खाएर गयो । र्फकदा उसको अनुहारमा अनौठो सन्तुष्टि झल्कन्थ्यो ।
अशोक बस्न पाएकै हुन्न, दोश्रीको मीस कल आउँछ । 'मलाई फोन गर्न भनेकी होली के स्वाद -' भनेर ऊ पन्छिन्छ । कुरा गर्दागर्दै पहिलोको मीस कल आउँछ । एकै पटक तीन-तीन जना । हामी दुबै खित्का छोडेर हाँस्छौं ।
अशोक र मेरो वार्तालाप सकिएकै हुँदैन, मेरो मोबाइलमा पनि मीस कल आउँछ । कसको हो, भाउजुको - अशोक सोध्छ । म टाउको हल्लाएर सही थप्छु । मोबाइलमा पैसा सकिएकाले पीसीओमा फोन गर्न जान्छु । बूढी रिसाएकी हुन्छे-'मीस कल गर्दा पनि फोन नगर्ने -' म फिस्स हाँसेर उसलाई जवाफ फर्काउँछु । म र्फकदा अशोक एसएमएस पढिरहेको थियो-'आजभोलि तपाईलाई के भएको छ न फोन न मीस कल -'
बगनाहा-५, बर्दिया
हाल ः पुतलीसडक, काठमाण्डौ
posted by Shankar Khanal at 10:54 PM

1 Comments:

शंकर कथा राम्रो छ। तर मलाई चाँही मैन बत्ती कथा एक दम मन पर्‍यो । मेरो र मिस कल को कुरा गर्दा चाँही मेरो लिली (मेरो फोन को नाम है) जहिले सुतिराख्छ । साह्रै अल्छि छ।

April 11, 2008 at 3:50 AM  

Post a Comment

<< Home