जनप्रिय साहित्य चौतारी

Wednesday, April 23, 2008

अनुभूति

काठमाण्डौंको महंगी

तपाई एउटा समोसालाई कति रुपैंया तिर्न तयार हुनुहुन्छ - नेपालगञ्जमा बढिमा ३ रुपैंया पर्छ । काठमाण्डौंमा बढि नै भए दोब्बरै सही भनेर अनुमान गर्नुभयो भने पनि गलत साबित हुनेछ । हामीले सोचेभन्दा काठमाण्डौंमा हरेक समानमा बढि पैंसा तिर्नुपर्छ ।
पुसको पहिलो साता दिनेशजी -गौतम) र म रिर्पोटिङ्गको सिलसिलामा काठमाण्डौंको न्यूरोड पुग्यौं । दिनेशजीले आज समोसा खाउँ भन्नुभयो । मैले त नाइँनास्ती गरेकै थिए । वहाँले स्पेशल पाइन्छ भनेर एउटा गल्लीमा छिराउनु भयो । जुन गल्लीमा मानिसहरुको आहोरदोहोर चलिरहेको थियो । हामी भित्र पुग्यौं । भिड निकै थियो । पैंसा बुझाउनेको, समोसा थाप्नेको र खानेहरुको । दिनेशजीले पैंसा बुझाएर एउटा रसिद ल्याउनु भयो । त्यही रसिद दिएर हामीले ३ वटा समोसा लियौं । अर्को भित्रपट्टकिो कोठामा गयौं । जहाँ भित्तामा टाँसिराखेको एक डेढ बित्ता चौर्डाई भएको बेञ्चमा उभिएर समोसा खाएर फर्कियौं । मैले सोधे कति पर्‍यो समोसालाई - दिनेशजीले १० रुपैंयामा एउटा भनेपछि मैले अचम्म माने । समोसा ताजावाहेक त खासै नयाँ कुरा केही थिएन । खाँदा केराउका एकाध गेडा मुखमा लाग्थे । महंगो समोसा किन्न र खान पनि फिल्म हलको टिकट काट्न झैं लाइन लाग्नुपर्ने १
यत्तिबेला मैले नेपालगञ्जको घरवारी टोलमा रहेको रघुका समोसा सम्झे । तीन रुपैंयामा पाइने, एउटा खान पनि कठिन हुने ठूलो समोसा । त्यसपछि त्रिभुवन चोकको पर्ूर्वी लाइनमा मध्यपश्चिम दैनिक नजिक समोसा मात्र पाइने पसल । जहाँ साढे २ रुपैंयामा ताजा समोसा पाइन्छ । नेपालगञ्ज र काठमाण्डौंको समोसामा पैंसावाहेक मलाई अरु केही फरक लागेन ।
पुसको तेश्रो साता मेरी पत्नी बिमला, साली टीका र म न्यूरोडतिर समान किनेर फर्कियौ । बागबजारको एउटा पसलमा पुगेर नास्ता खान शुरु गर्‍यौं । पैंसा तिर्दा एउटा पकौडाको दर्ुइ रुपैंया परेको थाहा भयो । नेपालगञ्जमा त रुपैंयाका २ देखि ४ वटासम्म पकौडा खाइथ्यो । ती पकौडामा नुन खर्ुसानी ट्वाक्क लागेको हुन्थ्यो, पहेला र राता हेर्ेर्दै खाउँखाउँ लाग्ने । स्वाद न रङ्गका १० वटा पकौडालाई २० रुपैंया तिर्दा पनि निकै पछुतो लाग्यो ।
मेरी श्रीमतिले नेपालगञ्जबाट काठमाण्डौं आउँदा एक लम्बर -पाँच किलो) फूलगोभी बोकेर ल्याएकी थिइन । किन ल्याउनु परेको भनेर मैले हपारे । सस्तो पाएर ल्याएकी रे - पाँच किलो फूलगोभीको रुपैडियामा ३० रुपैंया मात्र । जबकी हामी २५/३० रुपैंया प्रति किलोका दरले गोभी किनेर खाइरहेका थियौं ।
किर्र्तिपुरमा दिनेशजीको डेरामा बस्दा अदुवा किन्ने क्रममा १० रुपैंयाको एक पाउ पर्‍यो । के गर्ने महंगो भनेर नखानु भएन - लाचार भएर बढि पैंसा तिरेर पनि लगियो । त्यत्तिबेला मैले प्यूठानको वड्डाँडामा बस रोकिंदा प्लाष्टिकको झोलामा १०/१५ रुपैंयामा गाउँकै ताजा अदुवा बेच्नेहरुलाई सम्झे । प्यूठानी भएर पनि राजधानीको महंगो अदुवा किनेर खाने भनेर मैले दिनेशजीलाई ब्यङ्गय हान्दै जिस्काए ।
२०५३ सालमा नेपालगञ्जको गडेनपुर -आदर्शनगर) मा बस्दा ठूलो कोठाको ३ सय रुपैंया थियो । तीन जना मिलेर बसेका थियौं । कोठामा कर्ुर्सर्ीीेबुल र २ वटा पलंङ्ग पनि थिए । एक दशक बढि समय नेपालगञ्जमा बसियो । एक हजार भन्दा बढिको कोठामा कहिल्यै बस्नु परेन । काठमाण्डौमा म अहिले झण्डै एक महिना लामो खोजीपछि पुतली सडकको हिउँवा गल्लीमा बसेको छु । कोठा त्यत्ति ठूलो पनि छैन् । २ हजार रुपैंया भाडा तिर्नु परिरहेको छ । मेरो कलेज -कान्तिपुर सिटी कलेज) नजिकै भएकाले पनि महंगो भए पनि चित्त बुझाउनु परेको छ । नेपालगञ्जका कोठा जस्तो कोठामा कुनै सुबिधा छैन् । एउटा ट्यूब लाइट वाहेक ।
मेरो झण्डै एक महिने काठमाण्डौं बसाइँको क्रममा भोगेका महंगीका दृष्टान्त मात्र हुन् यी । समान किन्दा कति ठाउँमा महंगोमा परियो, परियो । राजधानीमा खोजेर नपाइने केही पनि रहेनछ । पकेटमा पैंसा हुने हो भने जे खोजे पनि पाइन्छ तर, हरेक समान महंगो । टाढाबाट आउँदा ढुवानीमा खर्च लाग्यो भनेर केही कुरामा चित्त बुझाउन सकिएला । तर यही उत्पादन हुने वस्तु नै महंगो भएको देख्दा ब्यापारीको इमान्दारीप्रति शंका गर्ने कि नगर्ने - नाफा त खानर्ुपर्छ तर उपभोक्तालाई पर्ने चरम मारको बारेमा पनि त ध्यान दिनुपर्‍यो नि -
राजधानीमा यही महंगीको कारण सबै मानिसहरु ब्यस्त हुन्छन् । खर्च जुटाउन विभिन्न 'पार्टटाइम पेशा' अंगाल्न बाध्य हुँदा रहेछन् । सानोतिनो जागिर खाएर कसैले सन्तानको लालनपालन र शिक्षा दिक्षाको सोच राख्छ भने राजधानीको महंगीमा नफसे हुन्छ । ठूलो शहर त हुने खाने र ठूला वडाकै लागि मात्र हुने रहेछ भन्ने मलाई भान भइरहेको छ ।
posted by Shankar Khanal at 2:28 AM

1 Comments:

ओहो ! तपाईंको यो लेखले त मलाई जुम्लाको याद दिलायो । जुम्लामा १ रुपैयाँमा ४ वटा स्याउ आउँथ्यो । यहाँ चाँही १० रुपैयाँ मा एउटा स्याउ रे !! तर आज भन्दा १३ , १४ बर्ष अगाडि को कुरा हो है।

April 24, 2008 at 1:07 AM  

Post a Comment

<< Home