जनप्रिय साहित्य चौतारी

Sunday, April 27, 2008

पुस्तक समीक्षा

पत्रकारिताको भाषा ः हाम्रो भाषा
'हाम्रा धेरै लेखक काँचा छन्, पत्रकारहरु कमैलाई भाषाको मर्म र मिठास थाहा छ' भाषाविद् कृष्णप्रसाद पराजुलीको यस भनाईमा मेरो शत्प्रतिशत सहमति छ । एक दशक लामो पत्रकारिता यात्रामा मलाई खड्किएको विषय नै भाषा हो । अंग्रेजी भाषा लेख्न र बोल्न नजान्नु, नेपाली भाषामा राम्रो दख्खल नहुँदा धेरै पटक विभिन्न समस्याहरु झेल्नु परेको छ । पत्रकारितामा प्रयोग हुने भाषालाई उदाहरण दिएर अग्रज पत्रकार शरच्चन्द्र वस्तीले 'हाम्रो भाषा' नामको पुस्तक प्रकाशन गरेका छन् । जुन पुस्तक हाम्रो भाषिक कमजोरीलाई सुधार्न निकै महत्वपर्ूण्ा हुने देखिन्छ ।
'पत्रकारिताको खेल भाषाको मैदानमा खेलिन्छ । मैदान ठीक नभएसम्म खेल खेलाँची जस्तो मात्र हुन्छ' लेखक वस्तीले भने झैं हाम्रो पत्रकारिताको भाषाको मैदानमा खेलाँची भइरहेको छ । नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि पत्रकारिताको विकास भयो । पत्रकारिता व्यवसायिक रुपमा अघि बढ्दो प्रयासमा छ तर दक्ष जनशक्तिको खाँचो झन बढ्दै छ । हाम्रा पत्रकार कि साहित्य लेखनबाट पत्रकारितामा प्रवेश गरेका छन्, कि राजनीति गरेर पत्रकारितातिर लागेको पाइन्छ । अझ कति त अन्त कुनै काम नपाएर विकल्पको रुपमा पत्रकारिता अंगाल्ने छन् । बढि पत्रकार अभ्यास र अनुभवबाट खारिएर स्थापित भएका छन् । धेरैमा 'हामी पत्रकारले जे लेखे पनि हुन्छ' भन्ने भावनाको विकास भएको पाइन्छ । पछिल्लो पुस्ता भने पत्रकारिता विषय पढेर नै यस क्षेत्रमा आएका छन् । सबैभन्दा संवेदनशिल पेशा पत्रकारितामा अदक्ष जनशक्तिका कारण भाषामा खेलवाड गर्ने काम भइरहेको छ । पत्रकारले प्रयोग गर्ने भाषा कतिपय अवस्थामा हास्यादपद पनि हुने गरेको छ । संवाददातादेखि सम्पादकसम्मको भाषिक समस्या उस्तै छ । पुस्तककारले उल्लेख गरेका उदाहरणहरु हर्ेर्ने हो भने नेपाली पत्रकारिाको भाषामा अनावश्यक विशेषणको प्रयोग, अनर्थ लाग्ने शब्द उल्लेख हुनु, समाचारलाई साहित्यकै रुपमा प्रस्तुत गर्नु, वाक्य गठन नमिल्नु, वाक्यहरुको भन्न खोजेको कुरा एउटा र अर्थ बेग्लै हुनु जस्ता थुप्रै समस्या छन् । वर्ण्र्ाावन्यास, पदयोग र पदवियोगका समस्या त झन कति हुन् कति । लेखकले यस पुस्तकमा यिनै चलनचल्तीका गलत प्रयोगका उदाहरणहरु दिएर भाषालाई सरल र सहज रुपमा लेख्न सुझाएका छन ।
'अस्पतालमा दिन दहाडै बलत्कार गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय दिनु अत्यन्त जरुरी छ' -पृष्ठ ५८), 'बलत्कारपछि उनी आँशिक रुपमा गर्भवती भएको बताइन्छ' -पृष्ठ ४९), यो शववाहन सेवाबाट मृतकहरुलाई धेरै सजिलो हुने विश्वास गरेको छु' -पृष्ठ ४६), कानुन अनुसार जसले घुस दिन्छ उसले पनि सजाय पाउनेछ' -पृष्ठ ९५), 'माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त' -पृष्ठ १०३), 'पत्रकारिता बाहेकको कुरा गर्दा म बाबुआमाको जेठो छोरा हुँ' -पृष्ठ ११९) माथि उल्लेखित पुस्तकका अंशहरु हाम्रो पत्रकारितामा प्रयोग भइरहेका हुन् । यिनै कुरा हर्र्ेनर्े हो भने पनि हाम्रो पत्रकारिताको भाषा कस्तो छ भनेर छलंङ्ग हुन्छ । 'हाम्रो भाषा' पुस्तकले नेपाली व्याकरणका कुरालाई सैद्धान्तिक रुपमा भन्दा पनि गल्ती कमजोरी औंल्याएर सही बाटोमा हिड्न सिकाएको छ ।'सुत्र नरटाउनु, उदाहरण दिनु । अहिलेको विश्वले यही भन्छ'- डा.गोविन्दराज भट्टर्राई, 'व्याकरण जस्तो दुरुह विषयलाईसमेत मायालु इसारा गरे जस्तै गरी सजिलोसँग मनै लोभ्याउने पाराले बुझाउँछ' -डा.ऋषिप्रसाद शर्मा, 'भाषा सम्बन्धी पुस्तक भएर पनि पढुँ पढुँ लाग्ने हुनु यसको अनौठो विशेषता हो' जस्ता भनाईले पनि 'हाम्रो भाषा' पुस्तकको महत्व र उपयोगितालाई दर्शाउँछ ।
लेखक र पत्रकारलाई भाषामा ख्याल गर्न पुस्तकले सुझाएको दर्ुइ कुरा मलाई निकै घत लागेको छ । 'सफल हुन चाहने लेखकले लेख लेख्न बस्दा आफ्नो अघिल्तिर भाषासम्म बोल्न जान्ने एउटा अबोध बालक बसेको छ, म त्यसलाई सम्झाउन बसेको छु । भन्ने भावना लिएर कलम चोब्नु पर्छ' -शारदा साहित्यिक मासिक दोश्रो अंकको सम्पादकीय अंश पृष्ठ १८८) र 'वर्ण्र्ाावन्यास र पदयोग-वियोगका कुरा जान्न पूरापुर कोसिस गर्नुहोस्, तर ब्रि्रेला भनेर नडराउनु होस् । मन पटक्कै सानो नपार्नुहोस् । जसका नियम नै स्थिर छैनन्, जसमा विद्वानहरु नै अलमलिरहेका छन्, जसलाई शब्दकोषले नै पचाउन सकेको छैन । त्यसमा तलमाथि होला भनेर खुम्चिनु पर्ने कामै छैन । यो त्यति ठूलो कुरा होइन । हाम्रो भाषा त्यसमा अल्झेर गतिहीन बन्न हुँदैन । तपाई पनि नअल्भिmनुहोस् । त्यसलाई यही छोडेर अगाडि बढ्नुस् । शब्दमा ध्यान दिनुहोस्, त्यसको अर्थ र प्रयोगबारे हेक्का गर्न थाल्नुहोस् । त्यसभित्र प्रवेश गर्ने प्रयास गर्नुहोस् । भाव र ध्वनीको ख्याल गर्न सुरु गर्नुहोस् । तपाईको भाषा चहकिलो एवम् सम्प्रेषणीय बन्दै जानेछ । त्यसले नेपाली भाषामा पनि चहक थप्नेछ ' -पृष्ठ १९८) । लेखक वस्तीले भने झैं हामी ह्रस्व-दर्ीघको कुरामा बढी अल्झन्छौ । शब्द चयन, संयोजन र वाक्य गठन प्रक्रिायामा ध्यान दिंदैनौ जस्का कारण भाषामा समस्या झेल्नु परेको हुन्छ । लेखकले भनेका कुरा मात्र व्यहारमा ल्याउन सक्ने हो भने पत्रकारले भाषा बिगारेको आरोप कहिल्यै खेप्नु पर्दैन । हाम्रो पत्रकारिताको भाषामा पनि क्रमशः सुधार आउँछ । आफूलाई नेपाली भाषाको राम्रो दख्खल छैन् भन्ने पत्रकारका लागि त अनिवार्य नै भनौं सबै पत्रकारले एक पटक भए पनि पढ्नै पर्ने पुस्तक हो, 'हाम्रो भाषा' ।
posted by Shankar Khanal at 11:38 PM

1 Comments:

साह्रै राम्रो होला जस्तो छ पुस्तक।

जनप्रियजीको यो ब्लग पनि निकै राम्रो रहेछ। ब्लगको लिंक मेरो ब्लगमा राखेको छु।
Happy Blogging!

April 28, 2008 at 5:16 AM  

Post a Comment

<< Home