जनप्रिय साहित्य चौतारी

Wednesday, March 26, 2008

कविता

बाबा म पनि चुनाव लड्छु

जनप्रिय खनाल

मेरो छोरो तोते बोल्दै भन्छ
बाबा म पनि चुनाव लड्छु
मलाई हा“सो लाग्छ
यो कस्तो अचम्म -
नाबालक पनि उम्मेदवार

उसले जिद्दी दोहोर्‍याउ“छ
काकाले त दिदीलाई उठाउने
हजुरबा र तपाई भने आफंैमात्र
नाइ“ म मान्दिन
बाबा म पनि चुनाव लड्छु

दलले टिकट नदिंदा आफू स्वतन्त्र
अझ बाकै प्रतिद्वन्द्वी
आफ्नो त कति बर्षअघिको रहर
दलले दिएन, मैले मानेन उम्मेदवारी दिए
म बाबिरुद्ध, छोरो मेरोबिरुद्ध हुन खोज्दैछ
मैले बुझेन उसले कसरी बुझ्छ -
ऊ घर्ुकाउ“दै दोहोर्‍याउ“छ नत्र ....

कस्तो बेला हो यो -
सबै चुनावमा लड्नुपर्ने
श्रीमति पनि उम्मेदवार
म फकाउन खोज्छु, ऊ मान्दैन
जसरी बा मलाई फकाउ“छन्
ऊ बारम्बार भनिरहन्छ
बाबा म पनि चुनाव लड्छु

मेरो बास“ग सहमति भयो, अंश छुट्टाउने
अह“ छोरोले मानेन
ल जा फिल्म हर्ेन भनेर पैसा दिए
उसले भन्यो-ँबाबा नोमिनेशन फिर्ता’
म बाको प्रचारमा लागें र
भने-ँबा म अर्को बर्षपक्का चुनाव लड्छु’
बगनाहा-५ बर्दिया
हाल काठमाण्डौ
posted by Shankar Khanal at 2:53 AM 0 comments

Sunday, March 23, 2008

अनुभव/अनुभूति

एघार बर्षको बसाइँ
र नयाँ गन्तब्य

२०५३ सालमा म बर्दियाबाट नेपालगञ्ज आउँदा एउटा मात्र लक्ष्य थियो, उच्च शिक्षा हासिल गर्ने । पढ्न आउनु भन्दा अगाडि म २ पटक मात्र नेपालगञ्जमा आएको थियो । मेरा लागि ठाउँ र परिवेश सबै नयाँ थियो । मलाई ठाउँसँग कुनै प्रवाह थिएन । केवल एउटा लक्ष्य थियो-'आमाबुबाको सपना साकार पार्ने ।' परिस्थितिवस मैले नेपालगञ्ज शहरमा ११ बर्षबिताए । मेरो लागि एक दशक बढिको यो बसाइँ उपलब्धीपर्ूण्ा नै बन्यो । मैले आमाबुबाको सपनामा कुठाराघात गरिन ।
आज मेरो राजधानी प्रवेश पनि ठीक त्यस्तै भएको छ । शैक्षिक भ्रमण, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र एभिन्यूज टेलिभिजनसँगको सम्बन्धका क्रममा २/४ पटक उपत्यकामा आइयो । ती बसाइँले राजधानीसँग पर्ूण्ा परिचित बनाउन नसकिरहेके बेला एउटा अर्को लक्ष्य बोकेर म विरानो ठाउँमा प्रवेश गरेको छु । बाँके पुग्दा म नौलो थिए, राजधानीमा पनि उही हो । फरक यति मात्र छ-'म नेपालगञ्ज शिक्षा हासिल गर्न मात्र भनेर पुगेको थिए । काठमाण्डौमा काम र पर्ढाई दुबै । त्यहाँ परिवेश बुझेर जागिरमा लागेको थिए । यहाँ दुबैलाई सँगसँगै चिन्दैछु ।' चुनौती छ, सामना गर्ने अदम्य साहास पनि संगालेको छु ।
एक दशक भन्दा बढि समय नेपालगञ्जमा बिताउँदा मलाई ठाउँ छोडेर अन्त जानुपर्ला भन्ने रत्तिभर लागेको थिएन । मध्यपश्चिमलाई पत्रकारिताको कर्म क्षेत्र बनाउनर्ुपर्छ भन्ने मानसिकतामा पुगेको थिए । तर, एकरात अचानक मैले नेपालगञ्ज छोड्ने योजना बनाए । मेरो यो निर्ण्र्ााकठोर पनि हो । मैले धेरै अवसरहरुलाई तिरस्कार गरिरहेको छु जस्तो पनि लाग्यो । तर पनि पर्ढाईलाई महत्वपर्ूण्ा ठाने । साथी तुला, जनक, दिनेश, सरोज लगायतसँग गफैगफमा नयाँ योजनाका बारेमा सुनाएँ । साथीहरुको हौसलाले मलाई अगाडि बढ्न प्रेरित गर्‍यो । योजनालाई मर्ूत रुप दिन मैले नेपालगञ्ज छोड्ने मानसिकता बनाए । बिए पास गरेको चार बर्षछि पुनः पर्ढाईलाई निरन्तरता दिने सोच आयो । जुन कुरा मेरो परिवारबाट पनि सहजै अनुमोदित भयो । भनिन्छ-'जहाँ इच्छा, त्यहाँ उपाय ।' यतिखेर म आफ्नो लक्ष्यलाई पूरा गर्न एउटा अर्कै खालको संर्घष्ाको तयारीमा छु । मलाई थाहा छ, राजधानी बसाइँ नेपालगञ्ज जस्तो सहज हुनेछैन् । तर पनि असहजताभित्र सहजता खोज्ने प्रयत्न गर्नेछु ।
नेपालगञ्ज छोड्ने अघिल्लो दिनसम्म मलाई कुनै अप्ठारो लागेको थिएन, चामल सकिंदा सधैं घर गए झैं । कोठाबाट समानहरु सार्दा केही असहजिलो त भयो । त्यसलाई सामान्य नै माने । बसेको शहर छोडी सामान बोकेर नयाँ ठाउँको गन्तब्यले मन गह्रुगो भयो । आफूलाई निकै थकित महसुस गरे, केही बिराए जस्तो, केही गुमाए जस्तो अनि अभावै अभावकोबीचमा यात्रा गरिरहे जस्तो लाग्यो । बसपार्कमा मलाई भेट गर्न पुगेका साथी जनक नेपाल र वेदप्रकाश तिमिल्सैनासँग अंगालो मार्दा मलाई भक्कानो छोडेर रुन मन लाग्यो । छुट्टंिदा उनीहरुको अनुहार समेत हर्ेन सकेन । बसमा बस्दा अनायासै आँखाबाट आसुँ खस्न पुगे । त्यही क्रममा मैले मोबाइलबाट धेरै साथी र अग्र्रजहरुलाई आफूले नेपालगञ्ज छोड्न लागेको खबर पठाए । साथीहरुले पठाएका जवाफहरुले मलाई झन भाव विहृवल बनायो । मैले बाँकेमा बसाइँको क्रममा नेपालगञ्जसँग यस्तो साइनो जोडिएको रहेछु कि नचाहेर पनि रुन बाध्य बनायो । मन कठोर बनाउन खोज्दा आँसुलाई रोक्न सकेन । यात्राभरी नेपालगञ्ज बसाइँका दिनहरु सम्भिm रहे । अभावमा बाँचेका, संर्घष्ा गरेका अनि यस्तै दुःखसुखका क्षणहरु ।
अहिले म दर्ुइ बर्षमात्र काठमाण्डौं बस्छु भनेर आएको छु । साथीभाइलाई पनि यही वचन दिएको छु । पत्तै नपाई नेपालगञ्जमा ११ बर्षबिते झैं राजधानीमा कति समय बिताउने हो, थाहा छैन् । कति साथीसँग विछोडिएको छु, अब कतिसँग मिलन होला, अझ कतिसँग पर्ुनमिलन भएको छ । यो त जीवन चक्रको नियम नै हो । जो जहाँ भए पनि हाम्रो सम्बन्ध गाढा रहिरहोस् । टाढिनु पर्दा पीडा अवश्य हुन्छ । तर, एक पटक गाँसिएको सम्बन्ध तोड्न त्यत्ति सहज हुदैन । त्यसैले मलाई र्सार्थक लाग्छ-'धान कुटी चामल चामल कुटी पिठो नजिकको माया भन्दा टाढाको सम्झना मीठो ।' साथी मैले अन्धकारमा नेपालगञ्ज छोडेको छु । उज्यालो लिएर र्फकनेछु, प्रतिक्षा गरेर बस्नु ल ।
posted by Shankar Khanal at 12:31 AM 1 comments

कथा

कविता कारखाना

जनप्रिय खनाल
कर्ुदाकर्ुर्दै थाकिसकें, अहँ पाएन । हो, राजु मैले पाएको छैन् । आज, भोलि, साँझ गर्दै कति दिन, हप्ता र महिना बितिसके । अब धन्दै नमान, म खबर गरिहाल्छु नि । बोलीमा कति मिठास छ, आत्मियता र आश्वासन पनि तर बुझ्न मात्र कठिन ।
राजु भन्छ-'के तिमी बाटो हेरेर दिन बिताउँछौ त -' म फिस्स हाँस्छु । हो, पर्खनु वाहेक मसँग विकल्प छैन् । अर्को व्यवस्था पनि त हुनुपर्‍यो । त्यस्तो खुला वातावरण नै कहाँ छ र -
आहोर-दोहोर गर्नेको अनुहार पढ्छु । फुङ्ग उडेको छ । ओठको लालीमा चहक छैन् । निधार खुम्चिएर चाउरी परेका रेखा झैं देखिन्छन् । भेटिनेसँग पनि कुनै भलाकुसारी छैन् । केवल हात उठाउने र झार्ने मात्रै । लाग्छ सबैको समस्या एउटै छ ।
सिधा बाटो अघि बढ्छु । त्रिवेणी पार गरेर उत्तरपट्टकिो गल्लीभित्र पस्छु । कोठा यत्ति धेरै चहकिलो पनि होइन । कुनामा झोक्राएर बसेकाहरुको लाइन । कोही कसैसँग बोलेका छैनन् । मसानघाटमा झैं सुनसान । शोक मनाइरहेका हुन् वा मौन ब्रत बसेका हुन् । मैले छुट्टाउन सकिन । एउटा छेउमा म पनि गएर उभिए । आफूलाई एउटा समूहभित्र एक्लै भएको ठाने ।
एकछिनपछि चारा छरेको देखें । 'हात्तीको मुखमा जिरा झैं' आहारा नै नपुग्ने चारा । म झस्कन्छु । के यत्ति नै हो त मेरो आहारा - मैले प्रतिपाद गर्दै भने । एउटा वयस्क तर बरिष्ठ लक्का जवान आयो । सबैभन्दा सानो भाग टप्प टिप्छ नबोलेरै हिड्छ । बचेराले उसको प्रतिक्षा गरिरहेका छन् रे -'कसैले मधुरो स्वरमा भन्छ । क्रमशः एकएक गर्दै सबै हराउँछन् । अहँ खुसी लिएर होइन । झनै गहु्रङ्गो भारी बोकेर झैं थकित अनुहार साथ गएको देखिन्छ । अधिकारविहीन कर्तव्यपथमा । मैले पूरानै प्रश्न दोहोर्‍याउँछु । उसले केवल नत्र....मात्र भन्छ ।
मलाई भन्न मन लाग्छ । के कर्मको कुनै प्रतिफल हुँदैन । गीताले र्'कर्म गर फलको आशा नगर' भने झैं हुने हो भने कर्तव्य पूरा गर्दा हुने सानो गल्तीमा गर्ज्रनको अचाक्ली किन हुन्छ - यो कस्तो नियति हो मरेर गर्दा पनि जश नपाउने । यो कस्तो न्याय हो, अन्यायभित्र रजाँइ । अरुको पीडामा कसैलाई खुसी ।
चारा छरेको बेला मलाई झर्ल्यास्स सम्झना हुन्छ-पशुपतिनाथको मन्दिरको बाटो अगाडि शिवरात्रीमा लामबद्ध रुपमा माग्न बसेकाहरुलाई ।' चिल्ला कारमा चढेर आउनेहरुले भिख बाड्छन् । मलाई यहाँ पनि त्यस्तै लाग्छ । फरक यति मात्र छ । कोही भिख बाँडेर सन्तुष्ट हुन्छन् । कोही सन्तुष्ट पारेर बाड्छन् । भिख बाँडेर पनि दान लिन चाहने अचम्मको प्रबृत्ति छ यहाँ । अरुलाई दिएर आफू सन्तुष्ट । दिएर अरु सन्तुष्ट भए भएनन कुनै वास्ता छैन् । भिख दिएर पनि ठूलो गुनको चर्चा गर्ने प्रबृत्ति । म निराश भएर फकन्छु पुनः पखाइमै ।
के पीडा सबैको एउटै हो । आफैंसँग प्रश्न सोध्छु । अहँ होइन, कतिले आफ्नो काम पहिले नै फत्ते गरिसकेको सुन्छु । कतिले पीडा दर्शाएर, कतिले चिल्लो घसेर । आफ्नै गजलको शेरको सम्झना आउँछ ः
'चिल्याउने र चिल्लो घस्नेमै छ जे छ
तोरी भित्रको तेलमा पो के छ'
र् कर्म गर, नगर मतलब छैन् । चिल्लो घस्न माहिर भए उच्च मूल्याङ्गन । ज्याला दिंदाको आधार नै त्यही । तिमी कामको बादशाह नभए के भो त - बातको बादशाह बनेर दिमाख भुट्न सक्छौ भने सफल नि । आफूलाई त्यस रुपमा उभ्याउन लाज लाग्छ । हुन त हो नी नाङ्गो हुने भन्दा हर्ेर्नेलाई लाज हुन्छ । त्यसरी लाज पचाउनेहरु त खुसी नै छन् । फेरि उनीहरुकै हालीमुहाली पनि त छ नि ।
एकछिनपछि सुन्छु-'आज आन्दोलन रे, पीडित संघको ।' माग पूरा नभए अनशन बस्ने । आन्दोलन पनि कस्ता-कस्ता हुन थाले भन्या । श्रीमान्ले श्रीमति कुटे चक्काजाम । सरकारलाई होस् वा कार्यालयमा दवाब दिन धर्ना, अनशन । म हाँसो लाग्छ आफ्नो अधिकार लिन पनि आन्दोलन । हुन त संस्कारै गलत बस्यो नि । दवाब र वाहाना नबनाउने हो भने मरे काम बन्दैन । नीतिबाट चलेको भए पो समाधानको बाटो सजिलो हुन्छ । सबैले सोझासाझालाई नै लुट्न चाहन्छन् । कसले कति लुट्छ भन्ने मात्र हो । केहीबेरमै आन्दोलन स्थगित भएको खबर पाउँछु । आँशिक माग पूरा भए रे ।
यसैबेला हस्याङ्गफस्याङ्ग गर्दै एउटा कवि आउँछ । म एकोहोरिएर टाढा हेरिरहेको हुन्छु । उसले मेरो एकाग्रतालाई भङ्ग गछ । 'माफ गर्नुहोला म तपाईसँग कुरा गर्न सक्छु'-उसले भन्यो । मैले सोधे किन कविता लेख्न - उसले मुसुमुसु हाँसेर आफ्नो उद्देश्य दर्शाउन स्वीकृतिको टाउको हल्लायो । सायद काम बन्छ भन्ने ठान्यो होला । मलाई झनक्क रिस उठेर आयो । 'के तिमी मेरो पीडा खोतरेर कविता लेख्छौं - म नरोकिएर लगातार बोल्छु-'ए कवि, त्रि्रो र मेरो जीवनमा के नै फरक छ - मेरो अभाव, पीडा र छटपटि झैं त्रि्रो पनि त त्यही हो । तिमी किन अरुका जीवन खोतलेर कविता लेख्छौ हँ - तिमी त आफैंमा कथा हौ । त्रि्रा हरेक दिनका कामका अध्यायहरु जोड्ने हो भने उपन्यास बन्छ । अरुको खेदो खन्न सक्नेले आफैं भूमरीमा परेको कविता किन लेख्न सक्दैनौ - तिमी कवि रहेनछौं । तबलाको तालमा नाच्ने नर्तकी मात्र हौं । तिमी आफैंमा संगीत भएर पनि अरुले बजाएर मात्र बज्छौं । तिमी आफै कवि र कविता हौं । तिमी सक्दैनौ भने त्रि्रो कविता अरुलाई लेख्न देऊ । होइन भने अरुको पीडा र दर्दमा नूनचुक लगाएर किन आफ्नो ब्यवसाय नचलाउ । रिस उठ्छ भनिदिन्छु-'नालायक कवि, नालायक कविता कारखाना ।' ऊ जवाफ नदिएरै र्फकन्छ । म कल्पना गर्छु । उसले आफ्नै कविता लेख्छ भनेर तर ऊ अरुकै कविता लेख्न दौडन्छ ।
त्यसपछि म गुनगुनाउँछु । यो त कविता कारखाना हो । यहाँ त वरिष्ठ-वरिष्ठ कवि छन् । सबै कविता नलेखेर मौन बसिरहेका छन् । उनीहरु आफ्नो कविता कोर्छन् न कानुनले दिएको अधिकार नै प्रयोग गर्छन् । यत्तिकैमा एक जना आएर प्याच्च भन्छ-'अधिकार लिन प्रमाण हुनुपर्‍यो नि प्रमाण । सबै निरिह छन् । यी सबै बलिका बोका हुन् । हा... हा... हा... । ऊ यत्ति भनेर जान्छ । म आफैंसँग सोध्छु-'तेरो प्रमाण खोइ - मौखिक सहमति र सम्झौता कानुनी आधार हुँदैन । रोजगारी पाएर सबै मख्ख परेका होलान । न दिनेले दिन चाहृयो न लिनेले दवाब दियो श्रमजीवि सबै कर्तव्यका पूजारी ।
महिनौं भयो लाइनमा बसेको । आउने जानेको क्रम त चलिरहेको छ । तर आफ्नो कहिल्यै आएन । फेरि त्यही कुनामा गएर हर्ेर्छर्ुु घोरिएकाहरुको ताँती, कसैको अस्वभाविक व्यस्तता । पुनः र्फकन्छु कार्यकक्षमा ।
दर्ुइ-तीन महिनापछि राजु आउँदा मलाई पूरानै अवस्थामा टोलाइरहेको देख्छ । ऊ ब्यङ्ग गर्दै जिस्काउँछ-'के त्रि्रो आउने भनेको अझैं आएन ।' मेरो गला अवरुद्ध भएर आवाज निस्कँदैन । उसले पुनः सोध्छ-'दर्ुइ-तीन महिनासम्म पनि नआउने के हो नि -' मेरो मुखबाट अप्रत्यासित रुपमा कुरा भुँइमा खस्छ-'श्रमको मूल्य ।' ऊ हाँस्दै भन्छ-'काम गरेको पारिश्रमिक हो । त्यो पनि पर्खेर पाइन्छ । मागेर पो लिनर्ुपर्छ ।' तिमी पर्खदै गर ।' उसको अन्तिम वाक्यले मलाई वाण हाने झैं हुन्छ । असहृय भए पछि फेरि त्यही कुनामा जान्छु । ताँती उस्तै छ, अवस्था उही, सामुहिक मौनता । म राजुले भनेको त्यहि अन्तिम वाक्य सम्झेर तत्काल एउटा वाहाना झिक्छु । थोरै चारा पाएर र्फकन्छु । मनमनै दङ्ग पर्छर्ुुआफू पनि सफल कलाकार भएकोमा । होइन, होइन, मभन्दा ऊ नै सफल कलाकार । जो हरदिन झुटको खेती गरेर सबैलाई भुलाइरहेको छ । मनमनै झुटो बोलेकोमा आफूलाई धिर्क्काछु र धिर्काछु आफूले काम गर्ने कविता कारखानालाई ।

posted by Shankar Khanal at 12:22 AM 0 comments

Friday, March 21, 2008

कथा


मैनबत्तीको उज्यालो

जनप्रिय खनाल

रात छिप्पिदै गएको थियो । म पर्ढाईमा ब्यस्त थिएँ । एकाएक आकाश गड्किएको आवाज आउँछ र बलिरहेको बिजुली बत्ती निभ्छ । दिनभरी सुतेर होला मलाई पटक्कै निन्द्रा लाग्दैन । अध्यारोमा छाम्मछुम्म पार्दै सलाई खाजेर मैनबत्ती सल्काउँछु । वाहिर चलिरहेको हावाको झोक्काले मैनबत्ती बल्न बाधा पुर्‍याउँछ । बिस्तारै जल्न शुरु गर्छ । म त्यतै नियालेर हेर्छु । अन्धकारमा एक खाले कठोर संघर्ष गर्दै कोठामा मैनबत्तीले उज्यालो छर्छ । कोठामा उज्यालो छर्ने प्रयास गरिरहेको त्यो दृष्यले मेरो मन खिचिरहेको थियो । हेर्दा-हेर्दै केही बेर अघिको बत्ति बामे सर्दै गरेको दियो जवान भइसकेको थियो । ऊ आफू गल्दै मेरो पढ्ने चाहाना पूरा गर्न भरमग्दुर प्रयासरत थियो तर मलाई पढ्ने रुची नै थिएन । उसले आफू जलेर उज्यालो दिएको विषयमै मेरो मन रुमलिएको थियो । ऊ दधिचि ऋषि झैं आफ्नो जीवन सिद्धाएर मेरो लागि उज्यालो छर्दै थियो । मेरो ध्यान त्यही बेला बजेको टेलिफोनको घण्टीले भङ्ग हुन्छ ।
हजुर कस्लाई खोज्नु भयो होला ? (मध्यरातमा आएको फोन आफूलाई नै हो भन्ने अनुमान समेत गर्न नसकि सोध्छु ।) जवाफ केवल हाँसो मात्र आउँछ । त्यसपछिको मेरो अर्को प्रश्न अनायासै हाँसो नै बनिदिन्छ । हाँसो बीच नै अनौठा सवाल जवाफ हुन्छन् । ती कुरा म शब्दले ब्यक्त गर्न असमर्थ छु ।
'किन यति रातीसम्म पनि नसुतेर बस्नु भा'को ?' जवाफभन्दा मलाई प्रश्न नै सोध्न बढि मन लाग्छ । 'तिमी नि सानी ?'
'खै के जवाफ दिउँ ? चाहेर त म ९ बजे नै सुतेकी हुँ । आफूले चाहेर पनि निंदले मान्दोरहेनछ । अन्धकारमा नेपालगञ्जमा लामखुट्टेहरु मित्तेरी लगाउन आउँछन् । गर्मी झन उस्तै । यादको गर्मीलाई सितलता दिन नै हजुरको सम्झना गरेको ।'
'म त दिउँसो तिम्रै बारेमा खै के-के सोच्दै थिएँ । भुसुक्कै निदाएछु । रातमा त केही पढ्नु पर्‍यो भनेर बसेको त बिद्युत नै छैन् । अध्यारोलाई चिर्न मैनबत्तीको सहारा लिएको छु । तर पनि पर्ढाईमा मन नै छैन् । हेर न यो मैनबत्ति आफू जलेर मलाई पढाउन कति प्रसास गरिरहेको छ । किन मैनहरु अरुलाई ज्यान दिन्छन् ? '
मेरो भनाईप्रति ऊ केही गम्भीर हुन्छे 'मैन त एउटा निर्जिव बस्तु हो । यहाँ त जिवात्माहरु पनि आफू जलेर अरुलाई प्रकाश दिने गरिरहेका हुन्छन् । जीवनको एउटा अमूल्य उपलब्धी सम्झेर ।'
'किन मानिसहरु आफ्नो जीवनको मूल्य बुझ्दैनन् काली ? आफू जलेर सिंगो समाजलाई वा ठूलो समूहलाई फाइदा हुने भएपछि त हो, त्यो अमर बन्छ । अझ आजभोलिको अति प्रचलित शब्द शहिद नै बन्छ । होइन भने कुनै एक जनाको लागि मात्र गरेको त्यागका क्रममा भएको मृत्युको त कुनै अर्थ नै रहँदैन ।'
'तपाईको मान्यता शतप्रतिशत ठीक छ तर एक पटक आफू नजिकैको वातावरणलाई पनि त नियालेर हेर्नुस् । कतै त्यही त्यागको छायाँ भेट्नु त हुन्न । तपाईको विचार झै धेरै कुरा सिद्धान्तमा मात्र सीमित हुन्छन् । सिद्धान्त प्रतिपादक नै ती कुराहरुलाई लागू गर्न सक्दैनन् । यही नै परिवर्तनको बाधक बनेको हुन्छ । थाहा छ तपाईलाई-'एक जना चर्चित पण्डित रहेछन् । उनका धेरै चेला पनि बनिसकेका रहेछन् । उनको आफ्नो अनौठो बानी माछामासु बिना खाना नै नरुच्ने । तर, उनले सधैं मांसाहारी बिरुद्धको प्रवचन दिंदा रहेछन् । प्रवचनका क्रममा उनले माछामासु खानु भनेको महापाप हो भन्दा धर्मप्रति आस्था राख्नेहरु निकै प्रभावित भएर उनको ख्याती बृद्धि हुँदै गएको थियो । पण्डितकी श्रीमतीलाई पनि धेरैले मान सम्मान गर्न थालेछन् । आखिर यस्तो किन भइरहेको छ ? भनेर एकदिन उनी पनि लुकेर प्रवचन सुन्न गइछन् । प्रवचनपछि त उनलाई आफूले ठूलो पाप गरेकोमा ग्लानी भयो । घरमा आएर सधैं बनाउने माछामासुका परिकारको सट्टा सागपात लगायतका अन्य शाकाहारी खाना तयार गरिन । पण्डित खाना खान बसे । परिकार आफ्नो चाहाना भन्दा भिन्नै भएपछि निकै रिसाएछन् । सोझी पण्डितनीले हजुरले त माछामासु खानु हुन्न भनेर प्रवचनमा भन्नु भएको होइन र त्यसैले मैले आफ्नो गल्तीको आत्मालोचना गर्दै खानामा सुधार गरेकी । त्यसपछि पण्डितले हाँसेर भनेछन् । तिमी त साहै्र सोझी रहेछौ बूढी । मैले त कितावका माछामासु पो खानुहुन्न भनेको खोलाका माछा त खानु पर्छ । हो यस्तै छन् । यहाँका प्रतिपादकहरु । आफ्नो दैनिक जीवनप्रति ख्यालै नगरी अरुको लागि धेरै काम कुराहरु हुन्छन् । त्यसपछिका परिणामहरु यस्तै हुन्छन् ।'
उनको कुराले मेरो पनि मन छोयो । पल्लो गाउँको हर्केलाई नियालेर हेर्छु । आफ्नो भागको जग्गा समेत बेचेर भाइलाई पढायो । भाइ क्याम्पसमा लेक्चर छ तर दाजुलाई फर्केर हेरेको छैन् । विचारा हर्के अहिले छोरो पढाउन नसकेर शहरमा काम गर्न पठाएको छ । गैरीगाउँको बिर्खेले आफ्नो काका चतुरमानलाई समस्या पर्दा जग्गा बैंकमा राखेर ऋण निकालिदियो । चतुरमान त्यही पैंसाले अमेरिका पुग्यो । अहिले बिर्खे जंगल किनारमा सुकुम्वासी भएर बसेको छ । अखिर किन बुझ्दैनन् मानिसहरु ? भावनामा आएर आफू नै समाप्त हुने गरी अरुका लागि मरिमेट्छन् । परिणाम सधैं पीडा मात्र । कसैले आफूलाई सिध्याएर गरेको सहयोग क्षणिक समयका लागि हो । गुनको बद्ला गुन तिर्नुपर्छ भन्ने किन बुझ्दैनन् । किन मान्छेले समस्या परेको बेला गरेको सहयोगको मूल्य बुझ्दैनन् । मलाई त्यही बेला बाबाआमाले भनेको सम्झना हुन्छ-'छोरा कुलत र कुसंगतमा नलागिस् है ? पढाइ भन्दा अन्त ध्यान नदिनु ।' जसले लगानी गरेको हुन्छ, उसलाई प्रतिफलको आशा हुँदोरहेछ । म पनि बलिरहेको मैनबत्तिले आफूलाई धिक्कारी रहेको ठान्छु ।
हेलो, हेलो.. भनेपछि मेरो मौनता भङ्ग हुन्छ । म चुप लागेर बस्दा सानीलाई नमज्जा लाग्छ । ऊ चिन्ता गर्छे-'किन नबोल्नु भएको ? मैले बढि बोलें र ?' मैले सानीले के भनेकी ठम्याउन सकिन । मेरो ध्यान अझैं जलिरहेका मान्छे र गलिरहेको मैनतिर नै थियो । गल्ती भए माफ पाउँ सानी आफूलाई सच्चाउँदै भन्छे-'रिस पनि कति चाँडो उठेको ?' अहिले त मेरो पूरा ध्यान सानीकै कुरामा थियो । मलाई हाँसो लाग्छ । हा हा हा गरेर हासिदिन्छु । उसलाई ब्यङ्गय गरेको जस्तो लाग्छ । सानी म सँग रिसाउँछे । यो कस्तो प्रेम हो टेलिफोनमै रिसाउने, टेलिफोनमा नै माफी माग्ने अनि टेलिफोनमा र खुसी साँटासाट गर्ने ? हाम्रो वार्तालाप सकिएको छ । सानी आत्तिएर मधुर स्वरमा मैले फोन राखें दिदी आउनु भयो भन्छे । मैले वाईवाईसम्म पनि भन्न भ्याउँदिन । टेलिफोन बिच्छेद हुन्छ । मेरो फोनको रिसिभर कानमा नै लगाइएको हुन्छ । ध्यान फेरि मैनबत्तितिर जान्छ । त्यत्तिबेला मैनबत्ति जलेर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ । धिप्पधिप्प बलिरहेको बेला हावाको झोक्काले आक्रमण गर्दा कतिकति बेला त धन्न निभ्न नै खोज्छ । त्यस क्षणलाई म सम्झन्छु, बुढेसकाल लागेको बृद्ध मानिसको अवस्था जसले सहारा खोजिरहेको हुन्छ । अनि मलाई लाग्छ, आत्मनिर्भर नहुने हो भने सहारा भनेको क्षणिक हुँदोरहेछ । परनिर्भर भएर बस्ने हो भने जीवन अन्धकारमा धकेलिन्छ । त्यत्तिबेला सानीले भनेको सम्झन्छु-'तपाई आफूलाई नियालेर हुनुस् त ?' यसो दायाँ बायाँ, अगाडि पछाडि हेर्छु, तर कहिं पनि आफ्नो जीवनमा त्यस्तो देख्दिन । सानीले के भनेकी होली आँखा चिम्म गरेर सम्झने प्रयास गर्छु । अहँ ठम्याउन सक्दैन । आँखा खोलेर हेर्दा सारा संसार अन्धकारमय भैसकेको हुन्छ । त्यसबेला म हर्के बिर्खे जस्ताको जीवन पनि यसरी नै अन्धकारमय भएको सम्झन्छु । कोठामा धुवाँको गन्ध आउँछ । म मसानघाटमा जलिरहेको लासबाट धुँवाको मुस्लोले सारा बादल कालो भएको ठान्छु । त्यसपछि थाहा पाउँदिन म कुन बेला निदाएछु ।
posted by Shankar Khanal at 10:32 PM 1 comments