जनप्रिय साहित्य चौतारी
Sunday, April 27, 2008
पत्रकारले पढ्नै पर्ने पुस्तक
पुस्तक समीक्षा
'हाम्रा धेरै लेखक काँचा छन्, पत्रकारहरु कमैलाई भाषाको मर्म र मिठास थाहा छ' भाषाविद् कृष्णप्रसाद पराजुलीको यस भनाईमा मेरो शत्प्रतिशत सहमति छ । एक दशक लामो पत्रकारिता यात्रामा मलाई खड्किएको विषय नै भाषा हो । अंग्रेजी भाषा लेख्न र बोल्न नजान्नु, नेपाली भाषामा राम्रो दख्खल नहुँदा धेरै पटक विभिन्न समस्याहरु झेल्नु परेको छ । पत्रकारितामा प्रयोग हुने भाषालाई उदाहरण दिएर अग्रज पत्रकार शरच्चन्द्र वस्तीले 'हाम्रो भाषा' नामको पुस्तक प्रकाशन गरेका छन् । जुन पुस्तक हाम्रो भाषिक कमजोरीलाई सुधार्न निकै महत्वपर्ूण्ा हुने देखिन्छ ।
'पत्रकारिताको खेल भाषाको मैदानमा खेलिन्छ । मैदान ठीक नभएसम्म खेल खेलाँची जस्तो मात्र हुन्छ' लेखक वस्तीले भने झैं हाम्रो पत्रकारिताको भाषाको मैदानमा खेलाँची भइरहेको छ । नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि पत्रकारिताको विकास भयो । पत्रकारिता व्यवसायिक रुपमा अघि बढ्दो प्रयासमा छ तर दक्ष जनशक्तिको खाँचो झन बढ्दै छ । हाम्रा पत्रकार कि साहित्य लेखनबाट पत्रकारितामा प्रवेश गरेका छन्, कि राजनीति गरेर पत्रकारितातिर लागेको पाइन्छ । अझ कति त अन्त कुनै काम नपाएर विकल्पको रुपमा पत्रकारिता अंगाल्ने छन् । बढि पत्रकार अभ्यास र अनुभवबाट खारिएर स्थापित भएका छन् । धेरैमा 'हामी पत्रकारले जे लेखे पनि हुन्छ' भन्ने भावनाको विकास भएको पाइन्छ । पछिल्लो पुस्ता भने पत्रकारिता विषय पढेर नै यस क्षेत्रमा आएका छन् । सबैभन्दा संवेदनशिल पेशा पत्रकारितामा अदक्ष जनशक्तिका कारण भाषामा खेलवाड गर्ने काम भइरहेको छ । पत्रकारले प्रयोग गर्ने भाषा कतिपय अवस्थामा हास्यादपद पनि हुने गरेको छ । संवाददातादेखि सम्पादकसम्मको भाषिक समस्या उस्तै छ । पुस्तककारले उल्लेख गरेका उदाहरणहरु हर्ेर्ने हो भने नेपाली पत्रकारिाको भाषामा अनावश्यक विशेषणको प्रयोग, अनर्थ लाग्ने शब्द उल्लेख हुनु, समाचारलाई साहित्यकै रुपमा प्रस्तुत गर्नु, वाक्य गठन नमिल्नु, वाक्यहरुको भन्न खोजेको कुरा एउटा र अर्थ बेग्लै हुनु जस्ता थुप्रै समस्या छन् । वर्ण्र्ाावन्यास, पदयोग र पदवियोगका समस्या त झन कति हुन् कति । लेखकले यस पुस्तकमा यिनै चलनचल्तीका गलत प्रयोगका उदाहरणहरु दिएर भाषालाई सरल र सहज रुपमा लेख्न सुझाएका छन ।
'अस्पतालमा दिन दहाडै बलत्कार गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय दिनु अत्यन्त जरुरी छ' -पृष्ठ ५८), 'बलत्कारपछि उनी आँशिक रुपमा गर्भवती भएको बताइन्छ' -पृष्ठ ४९), यो शववाहन सेवाबाट मृतकहरुलाई धेरै सजिलो हुने विश्वास गरेको छु' -पृष्ठ ४६), कानुन अनुसार जसले घुस दिन्छ उसले पनि सजाय पाउनेछ' -पृष्ठ ९५), 'माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त' -पृष्ठ १०३), 'पत्रकारिता बाहेकको कुरा गर्दा म बाबुआमाको जेठो छोरा हुँ' -पृष्ठ ११९) माथि उल्लेखित पुस्तकका अंशहरु हाम्रो पत्रकारितामा प्रयोग भइरहेका हुन् । यिनै कुरा हर्र्ेनर्े हो भने पनि हाम्रो पत्रकारिताको भाषा कस्तो छ भनेर छलंङ्ग हुन्छ । 'हाम्रो भाषा' पुस्तकले नेपाली व्याकरणका कुरालाई सैद्धान्तिक रुपमा भन्दा पनि गल्ती कमजोरी औंल्याएर सही बाटोमा हिड्न सिकाएको छ ।'सुत्र नरटाउनु, उदाहरण दिनु । अहिलेको विश्वले यही भन्छ'- डा.गोविन्दराज भट्टर्राई, 'व्याकरण जस्तो दुरुह विषयलाईसमेत मायालु इसारा गरे जस्तै गरी सजिलोसँग मनै लोभ्याउने पाराले बुझाउँछ' -डा.ऋषिप्रसाद शर्मा, 'भाषा सम्बन्धी पुस्तक भएर पनि पढुँ पढुँ लाग्ने हुनु यसको अनौठो विशेषता हो' जस्ता भनाईले पनि 'हाम्रो भाषा' पुस्तकको महत्व र उपयोगितालाई दर्शाउँछ ।
लेखक र पत्रकारलाई भाषामा ख्याल गर्न पुस्तकले सुझाएको दर्ुइ कुरा मलाई निकै घत लागेको छ । 'सफल हुन चाहने लेखकले लेख लेख्न बस्दा आफ्नो अघिल्तिर भाषासम्म बोल्न जान्ने एउटा अबोध बालक बसेको छ, म त्यसलाई सम्झाउन बसेको छु । भन्ने भावना लिएर कलम चोब्नु पर्छ' -शारदा साहित्यिक मासिक दोश्रो अंकको सम्पादकीय अंश पृष्ठ १८८) र 'वर्ण्र्ाावन्यास र पदयोग-वियोगका कुरा जान्न पूरापुर कोसिस गर्नुहोस्, तर ब्रि्रेला भनेर नडराउनु होस् । मन पटक्कै सानो नपार्नुहोस् । जसका नियम नै स्थिर छैनन्, जसमा विद्वानहरु नै अलमलिरहेका छन्, जसलाई शब्दकोषले नै पचाउन सकेको छैन । त्यसमा तलमाथि होला भनेर खुम्चिनु पर्ने कामै छैन । यो त्यति ठूलो कुरा होइन । हाम्रो भाषा त्यसमा अल्झेर गतिहीन बन्न हुँदैन । तपाई पनि नअल्भिmनुहोस् । त्यसलाई यही छोडेर अगाडि बढ्नुस् । शब्दमा ध्यान दिनुहोस्, त्यसको अर्थ र प्रयोगबारे हेक्का गर्न थाल्नुहोस् । त्यसभित्र प्रवेश गर्ने प्रयास गर्नुहोस् । भाव र ध्वनीको ख्याल गर्न सुरु गर्नुहोस् । तपाईको भाषा चहकिलो एवम् सम्प्रेषणीय बन्दै जानेछ । त्यसले नेपाली भाषामा पनि चहक थप्नेछ ' -पृष्ठ १९८) । लेखक वस्तीले भने झैं हामी ह्रस्व-दर्ीघको कुरामा बढी अल्झन्छौ । शब्द चयन, संयोजन र वाक्य गठन प्रक्रिायामा ध्यान दिंदैनौ जस्का कारण भाषामा समस्या झेल्नु परेको हुन्छ । लेखकले भनेका कुरा मात्र व्यहारमा ल्याउन सक्ने हो भने पत्रकारले भाषा बिगारेको आरोप कहिल्यै खेप्नु पर्दैन । हाम्रो पत्रकारिताको भाषामा पनि क्रमशः सुधार आउँछ । आफूलाई नेपाली भाषाको राम्रो दख्खल छैन् भन्ने पत्रकारका लागि त अनिवार्य नै भनौं सबै पत्रकारले एक पटक भए पनि पढ्नै पर्ने पुस्तक हो, 'हाम्रो भाषा' ।
Wednesday, April 23, 2008
अनुभूति
तपाई एउटा समोसालाई कति रुपैंया तिर्न तयार हुनुहुन्छ - नेपालगञ्जमा बढिमा ३ रुपैंया पर्छ । काठमाण्डौंमा बढि नै भए दोब्बरै सही भनेर अनुमान गर्नुभयो भने पनि गलत साबित हुनेछ । हामीले सोचेभन्दा काठमाण्डौंमा हरेक समानमा बढि पैंसा तिर्नुपर्छ ।
पुसको पहिलो साता दिनेशजी -गौतम) र म रिर्पोटिङ्गको सिलसिलामा काठमाण्डौंको न्यूरोड पुग्यौं । दिनेशजीले आज समोसा खाउँ भन्नुभयो । मैले त नाइँनास्ती गरेकै थिए । वहाँले स्पेशल पाइन्छ भनेर एउटा गल्लीमा छिराउनु भयो । जुन गल्लीमा मानिसहरुको आहोरदोहोर चलिरहेको थियो । हामी भित्र पुग्यौं । भिड निकै थियो । पैंसा बुझाउनेको, समोसा थाप्नेको र खानेहरुको । दिनेशजीले पैंसा बुझाएर एउटा रसिद ल्याउनु भयो । त्यही रसिद दिएर हामीले ३ वटा समोसा लियौं । अर्को भित्रपट्टकिो कोठामा गयौं । जहाँ भित्तामा टाँसिराखेको एक डेढ बित्ता चौर्डाई भएको बेञ्चमा उभिएर समोसा खाएर फर्कियौं । मैले सोधे कति पर्यो समोसालाई - दिनेशजीले १० रुपैंयामा एउटा भनेपछि मैले अचम्म माने । समोसा ताजावाहेक त खासै नयाँ कुरा केही थिएन । खाँदा केराउका एकाध गेडा मुखमा लाग्थे । महंगो समोसा किन्न र खान पनि फिल्म हलको टिकट काट्न झैं लाइन लाग्नुपर्ने १
यत्तिबेला मैले नेपालगञ्जको घरवारी टोलमा रहेको रघुका समोसा सम्झे । तीन रुपैंयामा पाइने, एउटा खान पनि कठिन हुने ठूलो समोसा । त्यसपछि त्रिभुवन चोकको पर्ूर्वी लाइनमा मध्यपश्चिम दैनिक नजिक समोसा मात्र पाइने पसल । जहाँ साढे २ रुपैंयामा ताजा समोसा पाइन्छ । नेपालगञ्ज र काठमाण्डौंको समोसामा पैंसावाहेक मलाई अरु केही फरक लागेन ।
पुसको तेश्रो साता मेरी पत्नी बिमला, साली टीका र म न्यूरोडतिर समान किनेर फर्कियौ । बागबजारको एउटा पसलमा पुगेर नास्ता खान शुरु गर्यौं । पैंसा तिर्दा एउटा पकौडाको दर्ुइ रुपैंया परेको थाहा भयो । नेपालगञ्जमा त रुपैंयाका २ देखि ४ वटासम्म पकौडा खाइथ्यो । ती पकौडामा नुन खर्ुसानी ट्वाक्क लागेको हुन्थ्यो, पहेला र राता हेर्ेर्दै खाउँखाउँ लाग्ने । स्वाद न रङ्गका १० वटा पकौडालाई २० रुपैंया तिर्दा पनि निकै पछुतो लाग्यो ।
मेरी श्रीमतिले नेपालगञ्जबाट काठमाण्डौं आउँदा एक लम्बर -पाँच किलो) फूलगोभी बोकेर ल्याएकी थिइन । किन ल्याउनु परेको भनेर मैले हपारे । सस्तो पाएर ल्याएकी रे - पाँच किलो फूलगोभीको रुपैडियामा ३० रुपैंया मात्र । जबकी हामी २५/३० रुपैंया प्रति किलोका दरले गोभी किनेर खाइरहेका थियौं ।
किर्र्तिपुरमा दिनेशजीको डेरामा बस्दा अदुवा किन्ने क्रममा १० रुपैंयाको एक पाउ पर्यो । के गर्ने महंगो भनेर नखानु भएन - लाचार भएर बढि पैंसा तिरेर पनि लगियो । त्यत्तिबेला मैले प्यूठानको वड्डाँडामा बस रोकिंदा प्लाष्टिकको झोलामा १०/१५ रुपैंयामा गाउँकै ताजा अदुवा बेच्नेहरुलाई सम्झे । प्यूठानी भएर पनि राजधानीको महंगो अदुवा किनेर खाने भनेर मैले दिनेशजीलाई ब्यङ्गय हान्दै जिस्काए ।
२०५३ सालमा नेपालगञ्जको गडेनपुर -आदर्शनगर) मा बस्दा ठूलो कोठाको ३ सय रुपैंया थियो । तीन जना मिलेर बसेका थियौं । कोठामा कर्ुर्सर्ीीेबुल र २ वटा पलंङ्ग पनि थिए । एक दशक बढि समय नेपालगञ्जमा बसियो । एक हजार भन्दा बढिको कोठामा कहिल्यै बस्नु परेन । काठमाण्डौमा म अहिले झण्डै एक महिना लामो खोजीपछि पुतली सडकको हिउँवा गल्लीमा बसेको छु । कोठा त्यत्ति ठूलो पनि छैन् । २ हजार रुपैंया भाडा तिर्नु परिरहेको छ । मेरो कलेज -कान्तिपुर सिटी कलेज) नजिकै भएकाले पनि महंगो भए पनि चित्त बुझाउनु परेको छ । नेपालगञ्जका कोठा जस्तो कोठामा कुनै सुबिधा छैन् । एउटा ट्यूब लाइट वाहेक ।
मेरो झण्डै एक महिने काठमाण्डौं बसाइँको क्रममा भोगेका महंगीका दृष्टान्त मात्र हुन् यी । समान किन्दा कति ठाउँमा महंगोमा परियो, परियो । राजधानीमा खोजेर नपाइने केही पनि रहेनछ । पकेटमा पैंसा हुने हो भने जे खोजे पनि पाइन्छ तर, हरेक समान महंगो । टाढाबाट आउँदा ढुवानीमा खर्च लाग्यो भनेर केही कुरामा चित्त बुझाउन सकिएला । तर यही उत्पादन हुने वस्तु नै महंगो भएको देख्दा ब्यापारीको इमान्दारीप्रति शंका गर्ने कि नगर्ने - नाफा त खानर्ुपर्छ तर उपभोक्तालाई पर्ने चरम मारको बारेमा पनि त ध्यान दिनुपर्यो नि -
राजधानीमा यही महंगीको कारण सबै मानिसहरु ब्यस्त हुन्छन् । खर्च जुटाउन विभिन्न 'पार्टटाइम पेशा' अंगाल्न बाध्य हुँदा रहेछन् । सानोतिनो जागिर खाएर कसैले सन्तानको लालनपालन र शिक्षा दिक्षाको सोच राख्छ भने राजधानीको महंगीमा नफसे हुन्छ । ठूलो शहर त हुने खाने र ठूला वडाकै लागि मात्र हुने रहेछ भन्ने मलाई भान भइरहेको छ ।
Tuesday, April 15, 2008
२०६५ सालको शुभकामना

तस्वीर सौजन्य ः आरती
सूर्योदयसँगै नयां नेपाल निर्माण होस्
Tuesday, April 8, 2008
कथा
जनप्रिय खनाल
'किन आज मोबाइलको स्वीच अफ - मध्यरातमा फोन गरेर मलाई दम्काउँछे' अशोक भन्छ । न मैले उसलाई मन पराएको हुँ न त अहिलेसम्म 'आइ लभ यू' नै भनेको छु तर किन उसले पछ्याइरहन्छे - निराश भएर उसले वाक्य टुग्याँउछ ।
मलाई अशोक प्रति दया जागेर आउँछ । घर छोडेर काठमाण्डौ पढ्न आएको युवा-युवतीको क्रियाकलापबाट हैरान परिरहेको दखेर । म वार्तालाप अगाडि बढाउँछु ।
कसरी भयो चिनजान -
म उसको गाउँ गएको थिए । आउँदा सँगै परियो । परिचय पनि भयो । अरु त केही भएको थिएन । त्यसपछि खै किन हो उसले मलाई फोन गरिरहन्छे ।
तपाई फोन गर्नुहुन्न त -
उसको प्रश्नको जवाफ मात्र दिन्छु । त्यति साह्रै गर्दैन । फोन गर्नुस न भनि 'एसएमएस' गरेर अति नै गर्छर्ेे त्यस्तो बेला अफिसमा हुँदा कहिले काँही फोन गर्छर्ुु
के-के कुरा हुन्छन् -
ऊ सधैं मलाईलाई भेट्न चाहन्छु भन्छे । म तपाईकै अफिसमा आउँछु रे - कतिसम्म भन्न भ्याएकी - मलाई लाज र डर लाग्छ । धेरै पटक मैले फर्काइ सके । उसको चाहना अझैं अधुरो छ ।
अशोक पढे लेखेको लक्का जवान । ऊ सकेसम्म युवतीको मायामोहमा पर्न चाहन्न । उसलाई कसैसँग लभसव गर्नु छैन । भएको जागिरमा तलब कम भयो रे । राम्रो जागिर पाएमा सिफ्ट हुन चाहन्छ ।
'खाना खानु भो - मलाई अलिकति राखिदिनु । म तपाईकै नजिक छु । किताब र्याकको पछाडि फर्केर हर्ेर्नुस त - म राती, अँ म तपाई कहाँ राती भने बस्दैन । मलाई परपुरुषसँग सुत्दा निन्द्रा लाग्दैन ।'
यसको आशय के हुन्छ - अशोक अर्कीले पठाएको एसएमएस पढेर सुनाउँछ । यसले त झन खाना खाए नखाएकै चिन्ता गर्छर्ेे अधिकाँश एसएमएस रातीमा आएका छन् ।
एउटी अर्की छे । आइएमा सँगै पढेकी । म ऊसँग भने अलि बढि जिस्कन्छु । तिमी मेरोअशोक रहेनौ - उसले के ठानेकी होली - के हरेक मनपर्ने मान्छेलाई आफ्नो बनाउन सकिन्छ - के हाम्रो यस्तो मित्रता बिवाहमा परिणत हुनसक्छ - किन कुरा नबुझेकी - आखिर के सोचेकी हो उसले - कि स्पष्ट भन्न सक्नु पर्यो नि ।
एउटी मात्र हो र, तीन-तीन वटी युवती उसको सर्म्पर्कमा छन् । तीनै जना अशोकका शुभचिन्तक । उसका अभिभावकले भन्दा बढि चासो र चिन्ता गरेका हुन्छ्न् । तीनै जना मेरा प्रेमिका होइनन् न श्रीमती नै हुन सक्छन् । तर सबैले हैरान पारेका छन् । मैले एसएमएस र फोनमा लगानी कत्ति पनि गरेको छैन । उनीहरु नै गर्छन् । जागिरै नगरेका युवतीहरुले पनि कति खर्च गर्न सकेका हुन् - किन म जस्तो सोझो मान्छेका पछाडि युवतीहरु झुम्मिएका होलान -
अरुले प्रेमिकाको कुरा गर्दा अशोक गर्व गरेर तिनीहरुलाई प्रेमिकाकै दर्जामा राख्न तम्तयार हुन्छ । सायद, यो उसको बाध्यता हो । साझो भनेर झट्ट कसैले विश्वास गर्दैनन् । ऊ मोबाइलबाट एसएमएस पढेर आफ्नो कुराको पुष्ट्याइँ गर्छ ।
हामीले कुरा गरिरहेकै बेला उसको मोबाइलमा मीस कल आउँछ । कसको हो - म जिस्किएर सोध्छु । उसको मुखबाट अनायासै जवाफ आउँछु-भक्तपुरवालीको । यसलाई मीस कलको जवाफ मीस कल मात्र गरे पुग्छ ।
म सोच्छु-कसैलाई नभेटेर खाना नपच्ने, कतिलाई फोन गर्नैपर्ने । यो कस्तो जमाना आयो - अब त उपस्थिति जनाउन पनि मीस कल गरे पुग्ने । श्रीमतीले श्रीमान्लाई अफिसबाट चाँडो घर आएन सम्झाउन मीस कल, अफिसमा कर्मचारी आएन हाकिमको मीस कल, कमचारीलाई विदा चाहियो मीस कल । फोनमा लाग्ने पैसा वचत गर्नेदेखि दुरुपयोग गर्नसम्म मीस कल ।
म भक्तपुर जाँदा दर्ुइ जना युवतीले कुरा गरेको सम्झन्छु-'हेरन उसले मीस कल गर्दा पनि फोन गरेन' कालो रङ्गको पाइन्ट र कालै रङ्गको स्वीटर लगाएकी गहुँगोरो वर्ण्र्ाा, अग्ली, आधुनिक जस्ती देखिने युवती भन्छे ।
अलि होची कलसरी अर्कीले भन्छे-'मेरो त मीस कल गर्ने बित्तिकै फोन गर्छ । उसले नगरे म फोन गरेर हपार्छर्ुुनि सरी भन्दै फोन गरिहाल्छ नि । मैले तिमीलाई भन्नै भ्याएकी छैन । उसले मलाई हिजो त्रि्रो लागि आकासको तारा पनि झारीदिन्छु । तिमी जे भन्छौं सबै गर्न तयार छु । विचारा, कति दया लाग्दो छ ।' दुबै हास्छन् ।
कुरा गर्दै गर्दा त्यहि मरिहत्ते गर्ने केटाको फोन आउँछ । युवतीले साथीलाई देखाउँछे । दुबै फेरि हाँस्छन् । कस्तो मर्ूख नाम लिने बित्तिकै फोन गरिहाल्यो । अर्कीले भन्छे-मर्ुख होइन, अन्तरयामी भन । त्यसको आयु त लामो रैछ । तँ भाग्यमानी हुन्छेस् । के को भाग्यमानी र साग्यमानी नि - दर्ुइ दिनको रमाइलोमा । दुबै खित्का छोडेर हास्छन् । बसका यात्रुहरुको ध्यान पनि उनीहरुतिरै केन्दीत हुन्छ ।
अशोक अलि फरक स्वभावको छ । ऊ कसैलाई रुवाएर रमाइलो गर्न चाहन्न । केहीहरुले मरिहत्ते गरे पनि ऊ उनीहरुको भविष्य बिगार्न चाहन्न । उसले केटीलाई साथी पनि नबनाउने रे - कहिले काँही त तीन वटी मध्ये एउटीसँग बद्मासी गरेर अनुभव सँगाल्नर्ुपर्छ कि सम्म भन्छ तर उसको त्यत्रो हिम्मत कहाँबाट आउँथ्यो ।
बिना अनुभव नै मरिन्छ क्यारे - उसलाई चिन्ता छ । ऊ कति सोझो भने एक जना साथीले उसका लागि बन्दोवस्त गरिदिने रे । शिक्षित भएर पनि उसमा हिनता छ-'मलाई कसले छोरी देला - ऊ नामर्द जस्तो कुरा पनि गर्छ । अशोक मसँग निकै जिज्ञासु भएर सोध्छ-'तपाईको प्रेम अनुभव सुनाउँनुस् न -' ऊ अरुबाट पाठ सिकेर आफ्नो व्यवहारमा उर्तान चाहँदो हो ।
हामी खाना खाइरहेका हुन्छौं । त्यत्तिकैमा तेश्रीको फोन आउँछ । 'देख्नु भो कति माया गर्छर्ेेभन्दै ऊ फोन उठाउँछ । दर्ुइ गासमात्र खाएको हुन्छ । हतार-हतार हात धोएर पीसीओमा फोन गर्न जान तयार हुन्छ । 'कहाँ जान लागेको -' उसलाई मरो हेल्प चाहियो रे । फोन गर्नुपर्ने भयो । म खाना खाएर जान आग्रह गर्छर्ुु उसले हतार-हतार खाना खाएर गयो । र्फकदा उसको अनुहारमा अनौठो सन्तुष्टि झल्कन्थ्यो ।
अशोक बस्न पाएकै हुन्न, दोश्रीको मीस कल आउँछ । 'मलाई फोन गर्न भनेकी होली के स्वाद -' भनेर ऊ पन्छिन्छ । कुरा गर्दागर्दै पहिलोको मीस कल आउँछ । एकै पटक तीन-तीन जना । हामी दुबै खित्का छोडेर हाँस्छौं ।
अशोक र मेरो वार्तालाप सकिएकै हुँदैन, मेरो मोबाइलमा पनि मीस कल आउँछ । कसको हो, भाउजुको - अशोक सोध्छ । म टाउको हल्लाएर सही थप्छु । मोबाइलमा पैसा सकिएकाले पीसीओमा फोन गर्न जान्छु । बूढी रिसाएकी हुन्छे-'मीस कल गर्दा पनि फोन नगर्ने -' म फिस्स हाँसेर उसलाई जवाफ फर्काउँछु । म र्फकदा अशोक एसएमएस पढिरहेको थियो-'आजभोलि तपाईलाई के भएको छ न फोन न मीस कल -'
बगनाहा-५, बर्दिया
हाल ः पुतलीसडक, काठमाण्डौ

